Comments Add Comment

हरेक क्षेत्रमा दुई डिआइजी, चेन अफ कमान्डमा समस्या

९ असार, काठमाडौं । निर्वाचनको सुरक्षाका लागि भन्दै गृह मन्त्रालयले नेपाल प्रहरीका तीनवटा क्षेत्रमा थप डिआइजी खटाएको छ । एकै क्षेत्रमा दुई डिआइजी खटाउँदा चेन अफ कमान्डमा समस्या देखिएको छ ।

गृह मन्त्रालयले एक साताअघिदेखि पूर्वमा केदारमानसिंह भण्डारी, मध्यपश्चिममा देवेन्द्र सुवेदी र सुदूरपश्चिममा माधव नेपाललाई खटाएको छ ।

अनुगमन तथा अप्रेसनसहितको जिम्मेवारी दिएर उनीहरूलाई खटाइएको छ । ती क्षेत्रमा एकै पदका दुई कमान्डर हुँदा समस्या भएको हो । पूर्व क्षेत्रको प्रहरी प्रमुखमा रमेश भट्टराई, मध्यपश्चिममा विजयलाल कायस्थ र सुदूरपश्चिममा रोमेन्द्रसिंह देउजा कार्यरत छन् ।

गृहले आफ्नै ब्याचका अन्य डिआइजीलाई खटाएपछि उनीहरू असन्तुष्ट रहेको स्रोत बताउँछ । अर्कोतर्फ दुई डिआइजीको निर्देशन फरक हुने भएकाले कसको निर्देशन मान्नेसमेतको समस्या देखिएको छ ।

मध्य क्षेत्रमा भने हाल चुनाव नभएकाले डिआइजी खटाइएको छैन । पश्चिम क्षेत्रमा भने एसएसपीलाई मात्र खटाइएको छ । पश्चिमाञ्चल क्षेत्रका नवलपरासीमा एसएसपी सुरेशविक्रम शाह र कपिलवस्तुमा दीपक थापा खटिएका छन् । जिल्लामा एसपी इन्चार्ज हुनेमा एसएसपीलाई खटाइएकाले यी जिल्लामा भने समस्या छैन । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment