११ असार, पोखरा । पर्यटक बोक्ने बसको ठक्करबाट घरविदामा आएका एक जना भारतीय सैनिकको मृत्यु भएको छ ।
गाडीको ठक्करबाट मोटरसाइकलमा सवार स्याङ्जा मल्याङकोट-२ घर भएका २६ वर्षीय निर्मल थापा गम्भीर घाइते भएकोमा उपचारका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगिएपनि केहीबेरमै चिकित्सकले मृत घोषणा गरेको प्रहरीले बताएको छ ।
भारतीय सेनामा कार्यरत मृतक थापा ४० दिनको विदा लिएर घर आएको बताइएको छ । उनको शव पोष्टमार्टमका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखिएको छ ।
थापालाई ठक्कर दिने गाडी र त्यसका चालक पोखरा लेखनाथ-११ का सन्जीव सुनार प्रहरी हिरासतमा छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4