बर्षायाम सुरु भएसँगै युवापुस्ताको फेसन बद्लिन्छ, स्टाइल बद्लिन्छ, खानपान बद्लिन्छ । फेसन होस् वा खानपान, मौसम अनुकुल हुनुपर्छ । बर्षा मौसम छ । र, यतिबेला कस्तो खाने, के लगाउने ? ख्याल गर्नुपर्छ ।
स्प्रिङ फेसन
१. बर्षायाममा कटन फेबि्रक सबैभन्दा उपयोगी हुन्छ । किनभने यो स्किन प|mेन्डली हो । निटेड टि-शर्ट, टप्स, कुर्ती राम्रो हुन्छ ।
२. बर्षायाममा छालाको जुत्ता, स्यान्डिललाई थन्काउनुहोस् । त्यसको विकल्पमा रबर वा प्लाष्टिकको स्टाइलिस चप्पल, जुत्ता, स्यान्डिल प्रयोग गरौं । ज्वेलरीमा प्लाष्टिक बिड्स हल्का र सुन्दर देखिन्छ, ज्यादा भारी ज्वेलरी नलगाऔं ।
३. बर्षायाममा फिटिङ्स पहिरन ठीक हुन्न, लुज पहिरन लगाउनुहोस् । यस्तो पहिरन लगाउनुपर्छ, जो पानीमा भिज्दा पनि भद्दा नदेखियोस् । सुक्नका लागि लामो समय नलागोस् । प्रिन्टेड पहिरन सुहाउँदो देखिन्छ ।
हेयर केयर
१. यस मौसममा केसलाई दैनिक सफा गर्नुपर्छ । हेयर एक्सपर्टका अनुसार माइल्ड स्याम्पूले केस धुनु राम्रो हो । नुहाइसकेपछि राम्रो गुणस्तरको कन्डिशनरको उपयोग गर्नुपर्छ । यसले गर्दा केस झर्ने समस्या हुँदैन र रुखो पनि हुँदैन ।
स्किन केयर
१. बर्षायाममा अनुहार लगायतको छाला चिपचिप हुन्छ । यसबाट छुटकारा पाउन चन्दन पाउडर र गुलाबजल मिलाएर अनुहार, गर्दन आदिको सफाई गर्नुपर्छ । थोरै पाउडरमा नरिवल तेल मिसाएर त्यसलाई गर्दनको आसपासको हिस्सामा लगाउनुपर्छ । मह र कागतीको रस बराबर भाग मिलाएर लगाउनले पनि फाइदा गर्छ ।
हेल्थ केयर
१. बर्षायाममा लामखुट्टे लगायतको प्रकोप बढ्छ । यसबाट बच्नका लागि घर आसपसामा सरसफाई जरुरी हुन्छ । घर वरिपरी पानी जम्न नदिने, फोहोर मैला व्यवस्थित गर्ने ।
२. संभव छ भने घरको झ्याल-ढोकामा जाली लगाउनुपर्छ, ताकि लामखुट्टे भित्र छिर्न नसकोस् ।
३. जथाभावी पानी पिउनु हुन्न । पानीमा क्लोरीनको गोली मिलाउन सकिन्छ र पानी उमालेर मात्र पिउनुपर्छ ।
खानपान
१. बर्षायाममा सात्विक भोजन सर्वोत्तम हुन्छ, जो सहजै पच्छ ।
२. यस मौसममा भिटामिन सियुक्त खानेकुरा उपयुक्त हुन्छ ।
३. बर्षायाममा तुलसी, अदुवा, पुदिना, बेसार, हिंग, जीरा धेरै भन्दा धेरै सेवन गर्नुपर्छ । किनभने यसले पाचनतन्त्र बलियो बनाउँछ ।
बर्षायामको रेसेपी – लौका र दहीको सब्जी
यतिबेला बजारमा लौका पाइन्छ । यो बर्षाको मौसमी तरकारी हो । लौकाको तरकारी बनाउन सजिलो छ । र, स्वादिलो पनि । यसका लागि दही भने चाहिन्छ । दही र लौकाको मिश्रणबाट कसरी तरकारी बनाउने त ?
आवश्यक सामग्री
लौका- ५ सय ग्राम
दही- एक कप
रातो खुर्सानी- एक चौथाई छोटो चम्चा
सौंफ पाउडर- एक सानो चम्चा
बेसार- आधा सानो चम्चा
धनिया पाउडर- एक सानो चम्चा
अदुवा पाउडर- आधा सानो चम्चा
हिंग- एक चुड्की
जीरा- आधा सानो चम्चा
नुन- स्वादअनुसार
गरम मसला- अलैंची, थोरै दालचिनी, दुई वटा ल्वाङ, ५ वटा मरिच
ग्रेभीका लागि- तेल दुई ठूलो चम्चा
हरियो खुर्सानी- काटेर टुक्रा बनाएको
हरियो धनिया- काटेर टुक्रा बनाएको
तेल- लौका तार्नका लागि
कसरी बनाउने ?
१. लौकालाई समान टुक्रामा काट्न्होस् । यदि त्यसको बियाँ छ भने निकाल्नुहोस् ।
२. एउटा कराईमा तेल तताएर त्यसमा लौका हाल्ने । जब, हल्का ब्राउन रंगको हुन्छ त्यसलाई निकाल्ने । लौकाको बियाँ पनि यसैगरी भुटेर निकाल्ने ।
३. अर्को प्यानमा आधा ठूलो चम्चा तेल हालेर तताउने । त्यसमा जीरा, हिंग हालेर केहि समय भुट्ने । त्यसपछि गरम मसला हाल्ने ।
४. त्यसमाथ धनिया पाउडर, बेसार हालेर दुई मिनेट भुट्ने । फेरी रातो खुसार्नी पाउडर, दही हाल्ने । यसलाई धिमा आगोमा केहि समय पकाउने । अब अदुवको पाउडर, सौंफ पाउडर, हरियो खुर्सानी हाल्ने ।
५. मसलालाई त्यसबेलासम्म भुट्ने जब, तेलबाट मसला अलग हुँदैन । अब आधा कप पानी हाल्ने । त्यसलाई उमाल्ने । नुन र थोरै हरियो धनिया हालेर राम्ररी चलाउने । यस ग्रेभीमा तारेको लौका हाल्ने र ढक्कनले ढाकिदिने । ५ देखि ६ मिनेटपछि लौकाको स्वादिलो ग्रेभी तयार हुन्छ ।
प्रतिक्रिया 4