Comments Add Comment

अछामको साँफेबगर नगरपालिका र चौररपाटी गाउँपालिकामा मतगणना रोकियो

एमाले र कांग्रेसबीच बुथ कब्जाको आरोप चलेपछि विवाद निर्वाचन आयोगमा

१६ असार, अछाम । मतदानको दिनदेखिनै तनाव र विवादमा रहेका अछामका साँफेबगर नगरपालिका र चौरपाटी गाउँपालिकामा अझै मतगणना शुरु हुन सकेको छैन । एमाले र कांग्रेस माओवादी गठबन्धने एक अर्कोलाई बुथ कब्जाको आरोप लगाएर पुनः मतदानको माग गरेपछि गणना अन्यौलमा परेको हो ।

साँफेबगर नगरपालिकाको रिडिकोटमा नेपाली कांग्रेस र भागेश्वर मतदान केन्द्रमा एमालेले कब्जा गरेको आरोप एक अर्काले लगाएका छन् ।

उता चौरपाटी गाउँपालिकाको पायलमा रहेको वैजनाथ मावि केन्ऽमा एमालेले कब्जा गरेको नेपाली कांग्रेस र नेकपा माओवादी केन्ऽको आरोप छ । साँफेबगर र चौरपाटीमा पटक पटक सर्वदलिय बैठक बस्दा समेत सहमती हुन सकेको छैन ।

चौरपाटी र साँफेबगर नगरपालिकाका निर्वाचन अधिकृतले निर्वाचन आयोगको निर्णय पर्खिएको बताएका छन् । ती दुई स्थानीय तहमा दलहरुबीच सहमति नहुँदा मतगणना गर्ने वा नगर्ने आदेश निर्वाचन आयोगले दिनुपर्ने भएको छ ।

साँफेबगर नगरपाकिलाका निर्वाचन अधिकृत पूर्ण रिजालले आयोगको निर्णय आएपछि प्रक्रिया अघि बढाउने बताए । दलहरुबीचको असहमतीलाई बिहीबार नै निर्वाचन आयोगमा लिखित रुपमा पठाइएको थियो ।

साँफेबगर नगरपालिकामा मत गणनाका लागि तोकिएका केही कर्मचारीहरु घर फर्किसकेका छन् । मत गणना जारी रहेका गाउँ तथा नगरपालिकाका अधिकांस वडाहरुमा नेपाली कांग्रेसको अग्रता देखिएको छ । अहिलेसम्म नेपाली कांग्रेसले ७ वडा, नेकपा एमालेले ४ वडा र माओवादी तीन वडामा विजयी भएका छन् ।

मत गणना शुरु भएका मंगलसेन, पञ्चदेवल-विनायकमा मात्र एमाले अगाडी छ । नेपाली कांग्रेस ढकारी, तुर्माखाँद र बान्नीगढी-जयगढ गाउँपालिकामा अगाडि छ ।

रामारोशन र मेल्लेख गाउँपालिकामा नेकपा माओवादी केन्ऽ अगाडी रहेको छ । मंगलसेन नगरपालिका, बान्नीगढीजयगढ गाउँपालिका र मेल्लेखमा नेपाली कांग्रेस र माओवादी केन्द्रले गठबन्धनसहित चुनावमा गएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment