Comments Add Comment

पेट दुख्दा वा ग्याष्ट्रिकले सताउँदा के गर्ने ? यस्तो छ घरेलु उपचार विधी

वर्षायाममा धेरैले पेट सम्बन्धी समस्या भोगिरहेका हुन्छन् । कसैलाई अपच त कसैलाई ग्याष्ट्रिकले सताउँछ । खासगरी रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका बालबालिका, बृद्धबृद्धा, रागीहरु यसको चपेटमा पर्ने गर्छन् । खानपानमा सर्तक रहँदा रहँदै पनि कहिले कहिं पेट दुख्ने, वान्ता हुने, ग्याष्ट्रिकले सताउने हुनसक्छ ।

किन हुन्छ पेटमा समस्या ?

वर्षायाममा पाचन क्षमता कमजोर हुने र खाद्यपदार्थ संक्रमित हुने भएकाले यस्तो समस्या देखापर्नु सामन्य हो ।
सामन्य कारण- अमाशयमा धेरै अम्ल बनेर, पेटमा ब्याक्टेरिया फैलिएर, कलेजोमा समस्या भएर । दुषित पानी वा कोल्ड डि्रंकको सेवन, स्टि्रट फूड अर्थात फुटपाथमा राखिएको खानेकुराको सेवन, खाना खानसाथ तुरुन्त पानी पिउँदा, काँचो खानेकुरा सेवन गर्दा, पूर्ण रुपले पेट सफा नहुँदा, आन्द्रामा कुनै समस्या हुँदा, पेटमा ग्यास बनेको कारण आदि अवस्थामा पेटमा समस्या हुनसक्छ ।

के गर्ने त ?

जब हामीलाई बिसन्चो हुन्छ, औषधी किनेर खान्छौ । यस्ता औषधीले पीडाबाट छुटकारा त दिन्छ तर, शारीरिक स्वास्थ्यमा भने असर गरिरहेको हुन्छ । त्यसैले सकेसम्म घरेलु औषधी सेवन गर्नु नै बढी फाइदाजन हो, जो सहजै उपलब्ध हुन्छ, सस्तो पर्छ र साइट इफेक्ट पनि हुँदैन ।

अचुक औषधी, अदुवा

तपाईको भान्समा सजिलै पाइने चिज हो, अदुवा । पेट सम्बन्धी कुनैपनि समस्यमा अदुवा निकै उपयोगी हुन्छ । यसले पेटको पीडाबाट चाडै छुटकारा दिन्छ ।

कसरी प्रयोग गर्ने ?

– अदुवामा एन्टी इन्फ्लेमेटरी गुण हुन्छ, जसको कारण यसले शरीरमा पाचक रस उत्पादन बढाउँछ । पाचक रस बढेपछि खानेकुरा सजिलै पच्छ । साथै अतिरिक्त ग्यास शरीरबाट बाहिर निस्कन्छ । यसका लागि अदुवालाई स-सना टुक्रा गर्नुपर्छ र त्यसलाई चपाएर सेवन गर्नुहोस् ।

– पेटमा असहज महसुष भयो भने अदुवाको जुस बनाएर पिउनुपर्छ । यसका लागि एक गिलास मनतातो पानीमा अदुवाको रस र चिनी मिश्रण गर्नुपर्छ । पेट फुल्ने वा एसिडिटीको समस्या हुनेका लागि यो निकै उपयोगी हुन्छ ।

– पेटमा दुखाई वा कुनै किसिमको समस्या छ भने अदुवाको चिया बनाएर पनि पिउन सकिन्छ । अदुवालाई टुक्रा गरेर पिस्ने । त्यसमा एक कप पानी राखेर केहि क्षण उमाल्नु पर्छ । अब मह घोलेर त्यसलाई पिउन सकिन्छ ।

– कागती र मह दुबै पाचन यन्त्रका लागि फाइदाजनक मानिन्छ । महमा यस्तो इन्जाइमको मात्रा उच्च हुन्छ, जसले खानेकुरालाई चाडै पचाउँछ । यसका लागि दुई कप पानीमा एक टुक्रा अदुवा राख्ने । त्यसमा कागतिको रस मिसाउने । धिमा आँचमा यसलाई केहि क्षण उमालेपछि मह मिसाएर पिउन सकिन्छ ।

प्रभावकारी जीरा
मसलाको रुपमा प्रयोग गरिने जीरा पेटको समस्यामा लाभदायक हुनछ । पेटमा कुनै गडबढी भयो भने जीरालाई यसरी प्रयोग गर्न सकिन्छ । जस्तो कि, केहि जीरा तावामा राखेर भुट्ने र दिनमा केहि पटक पानीसँग यसलाई चपाएर खानुपर्छ ।

प्याजको रस
पेटको समस्या हटाउनका लागि प्याज निकै उपयोगी हुन्छ । प्याजको रसमा थोरै नुन मिसाएर पिउनुपर्छ, आरम मिल्छ ।

सावधानी

अदुवा पेटको समस्यामा फाइदाजनक हुन्छ । तर, यसको मात्रा हुन्छ । सीमित मात्रामा उपयोग गरेमा यसबाट लाभ मिल्ने हो । यदि आवश्यक्ता भन्दा बढी अदुवा सेवन गरियो भने त्यसले पेटमा जलन हुनछ । कहिले कहिं पखला पनि लाग्न सक्छ ।
जो मुटुका रोगी छन्, मधुमेह, ब्लिडिङ डिसअर्डर र अल्सरको समस्याले ग्रस्त छन्, उनीहरुले यस्तो विधी अपनाउनुअघि चिकित्सकको सल्लाह लिनुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment