+
+
Shares

५ बजेर २० मिनेटमा बस्नेगरी प्रतिनिधिसभा बैठक स्थगित

अनलाइनखबर अनलाइनखबर
२०८२ असार २ गते १७:१७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रतिनिधि सभाको बैठक आज असार २ गते काठमाडौंमा स्थगित भयो।
  • बैठकमा बजेट र राष्ट्र ऋण उठाउने विधेयक प्रस्तुत भए।
  • अर्को बैठक साँझ ५ बजेर २० मिनेटमा बस्ने तय भयो।

२ असार, काठमाडौं । आजै साँझ ५ बजेर २० मिनेटमा बस्ने गरी प्रतिनिधि सभाको बैठक स्थगित भएको छ ।

आजको प्रतिनिधि सभाको बैठकमा बजेट माथिको सामान्य छलफल सकिएको छ । त्यसपछि अर्थमन्त्री विष्णु पौडेलले सामान्य छलफलमा उठेका प्रश्नहरूको जवाफ दिए ।

त्यसपछि अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विनियोजन विधेयक सभामा प्रस्तुत गरे ।

राष्ट्र ऋण उठाउने विधेयक पनि प्रस्तुत गरे ।

त्यसपछि आजै साँझ ५ बजेर २० मिनेटमा अर्को बैठक बस्ने गरी प्रतिनिधि सभाको बैठक स्थगित भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?