Comments Add Comment

यस्तो व्यायाम, जसले मधुमेह नियन्त्रण हुन्छ


मधुमेहबाट छुटकारा पाउने तीन बिधी हो, स्वास्थ्य खानपान, नियमित व्यायाम र योगा । मधुमेह नियन्त्रणका लागि व्यायाम निकै प्रभावकारी हुन्छ । यद्यपी व्यायाम गर्नुअघि थोरै सावधानी अपनाउनु पर्छ । किनभने बिना जानकारी व्यायाम गर्दा उसको ब्लड शुगरको स्तर धेरै वा कम हुनसक्छ ।

कति र कहिले गर्ने व्यायाम

यदि तपाई मधुमेहलाई नियन्त्रण गर्न चाहनुहुन्छ भने नियमित व्यायामलाई आफ्नो दिनचर्यामा सामेल गराउनुहोस् । यद्यपी मधुमेह रोगीले व्यायाम गर्नुअघि ख्याल गर्नैपर्छ कि, कहिले र कित व्यायाम गर्ने ?

अमेरिकन हार्ट एसोसिएशनका अनुसार जुन व्यक्तिलाई मधुमेह छ उसले सप्ताहमा कम्तीमा पाँच दिन व्यायाम गर्नैपर्छ । एक पटकमा ३० मिनेट व्यायाम गर्नुपर्छ । स्वास्थ्य अनुसार हल्का वा भारी व्यायाम आवश्यक्ता हुन्छ ।

जस्तो कि, तिब्र गतिमा हिँड्ने वा मध्यम गतिमा हिँड्ने । यसले तपाईको हृदयको धड्कनमा बढोत्तरी हुनसक्छ । यसका साथै टाइप २ मधुमेहको रोगीले हप्तामा कम्तिमा एक वा दुई पटक मांसपेशी बलियो बनाउने व्यायाम गर्नुपर्छ ।

व्यायामको सुरुवात विस्तारै-विस्तारै गर्नुहोस् । सुरुमा १५ मिनेट मात्र व्यायाम गर्नुहोस् । बिहान र बेलुकी १५-१५ मिनेट टहल्नुहोस् । र, बिस्तारै व्यायामको समयलाई बढाउँदै लानुहोस् ।

वर्कआउट

आफ्नो दिनचर्यालाई सक्रिय बनाउनुहोस् । घरको सानोतिनो काम आफै गर्नुहोस्, जसले शारीरिक रुपमा सक्रिय तुल्याउँछ । टेलिभिजन हेरेको बेला होस् वा कम्प्युटरमा काम गरेको बेला नै, एकै स्थानमा लामो समय बस्नु हुँदैन । बेला बखत उठ्ने, शरीरलाई तन्काउने वा हल्का व्यायाम गर्ने गर्नुहोस् ।
घरमा कुकुर छ भने कुकुरलाई डोहोर्‍याएर बाहिर निस्कन सकिन्छ । बच्चासँग खेल्न सकिन्छ । \

सावधानी

यदि व्यायाम गरेको बेला, खेलेको बेला शारीरिक पीडा भयो भने त्यो काम बन्द गर्नुहोस् । जस्तो कि, सास बढ्यो, थकावट महसुष भयो, चक्कर लाग्यो भने चिकित्सकको परामर्श लिनुपर्छ ।

– यदि कम्पन, बेचैनी, कमजोरी महसुष भयो भने व्यायाम गर्न छाडौं ।

– यदि सामन्यभन्दा बढी पसिना आयो भने व्यायाम नगरौ ।

– यदि मुटुको धड्कन एकदमै तिब्र भयो भने व्यायाम नगरौ ।

– टाउको दुख्न थाल्यो भने व्यायाम बन्द गरौ ।

ब्लड शुगर लेभल कम भयो भने ?

व्यायामको क्रममा तपाईको ब्लड शुगर लेभल कम हुनसक्छ । खासगरी टाइप १ मधुमेह छ भने । यस स्थितीमा व्यायाम शुरु गर्नुअघि कम्तिमा एक वा तीन घण्टा पहिला केहि स्न्याक्स लिनुहोस् ।

व्यायाम गरेको बेला आफुसँग तीन वा पाँच ग्लूकोज ट्याब राखौ । थोरै मात्रामा फलको जुस वा हार्ड क्यान्डी पनि राख्न सकिन्छ । यसका साथै दुई चम्चा किशमिश राखौ ।

खानपानमा सावधानी

मधुमेह रोगीले के खाने भन्ने कुरा जति महत्वपूर्ण हुन्छ उत्तिनै कहिले र कति खाने भन्ने कुराले पनि अर्थ राख्छ ।
थोरै थोरै खाने – तिब्र वा छिटो छिनो खाने मान्छेले धेरै खान्छन् । शान्त र सहज रुपमा विस्तारै खाना खानुपर्छ । यसले खानाको स्वाद त बढ्छ नै, मधुमेह, मोटोपन जस्ता समस्या पनि हुँदैन ।

राती लामो समय बसेर वा अबेरसम्मम खाना खानबाट बचौं । सुत्नुभन्दा तीन घन्टाघि खाना खाइसक्नुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment