Comments Add Comment

बेलबारी नगरपालिकामा एमालेको अग्रता


२० असार, मोरङ । बेलबारी नगरपालिकामा नेपाली कांग्रेसले अग्रता लिइरहेकोमा सोमबार बिहानदेखि एमालेले अग्रता लिएको छ ।

लक्ष्मीमार्ग क्षेत्रमा पर्ने वडामा मतगणनामा एमालेको एकछापे मत ह्वात्तै बढेपछि कांग्रेस पछि परेको हो ।

वडा नम्बर ११ को १२५५ मत गन्दाखेरि एमालेको पक्षमा ७३४ मत खसेको छ । कांग्रेसलाई भने २९५ मतमात्रै खसेको छ ।  यसले गर्दा एमालेले कांग्रेसलाई पछाडि पार्दै ६८ मतको अग्रता लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment