Comments Add Comment

सैनामैनाको मेयरमा पराजित भएपछि रुपन्देही कांग्रेसका सदस्यको राजीनामा


२० असार, बुटवल । रुपन्देहीको सैनामैना नगरपालिकाबाट मेयरमा पराजित भएपछि नेपाली कांग्रेसका जिल्ला सदस्य फणिन्द्रप्रसाद शर्माले पदबाट राजीनामा दिएका छन् ।

शर्माले मंगलबार विज्ञप्ति जारी गर्दै पदबाट राजीनामा दिएको बताएका छन् । उनले कांग्रेस केन्द्रीय समितिले सैनामैनाको मेयर पदको उम्मेदवार बनाएकोमा आभार प्रकट गर्दै राजीनामा दिएको उल्लेख गरेका छन् ।

विज्ञप्तिमा उनले लेखेका छन्, ‘मेरो नेतृत्वमा चुनाव लड्दा म सहित धेरै साथीहरूले सफलता प्राप्त गर्न नसकेको हुँदा नैतिकताको आधारमा जिल्ला कार्यसमितिबाट राजीनामा दिएको छु ।’

शर्माले चुनावमा विजय प्राप्त गर्ने साथीहरुलाई बधाई र सफल कार्यकालको शुभकामना समेत दिएका छन् । उनले अबको समय राष्ट्रियता, प्रजातन्त्र र समाजवादप्रति निष्ठावान रहेर जुटिरहने बताएका छन् ।

सैनामैनाको मेयरमा नेकपा एमालेका चित्रबहादुर कार्की १३ हजार ३६ मत ल्याउँदै विजयी भएका हुन् । पराजय बेहोरेका शर्माले १० हजार ३ सय ५ मत ल्याएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment