+
+
Shares

पीडित सास्तीमै, राहत रकम फ्रिज

अनलाइनखबर अनलाइनखबर
२०७४ असार २२ गते ७:२५

२२ असार, काठमाडौं । तीन वर्षअघि बाढीपहिरोले विस्थापित भएर गिरीघाट अस्थायी शिविरमा बस्दै आएका नरेन्द्र खत्रीले असारको दोस्रो साता जग्गा खरिदका लागि ५० हजार रुपैयाँ प्राप्त गरे । उनी अहिले जग्गाको खोजीमा छन् । जग्गा किनेर सहरी विकास तथा भवन डिभिजन कार्यालयअन्तर्गतको डिभिजन कार्यालय सुर्खेतलाई लालपुर्जा दिएपछि मात्रै उनले घर बनाउन ५० हजार रुपैयाँ पाउँछन् ।

‘५० हजारको जग्गा खोज्न थालेको एक साता हुन थाल्यो,अहिलेसम्म पाएको छैन,’ खत्रीले भने, ‘कार्यालयले चाँडो जग्गा किनेर लालपुर्जा ल्याउनु भनिरहेको छ ।’

सरकारले गत चैतमा सुर्खेतसहित बर्दिया, बाँके, दाङ र सिन्धुपाल्चोकका बाढीपहिरो पीडितलाई भूकम्पपीडित सरह राहत वितरण गर्ने निर्णय गरेकोमा पीडितका लागि पैसा भने जेठमा पठाएको थियो ।

सुर्खेतका नौ सय ७० बाढीपीडितका लागि १० करोड २३ लाख रुपैयाँ आएको नागरिक दैनिकमा खबर छ । आर्थिक वर्ष सकिनै लाग्दा आएको यो बजेट पीडितसम्म नपुगेर फ्रिज हुने अवस्था छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?