+
+
Shares

गोलामा हारेका हुकुम सिंहः जनताले जिताए तर, ‘जुवा’मा हारेँ

अनलाइनखबर अनलाइनखबर
२०७४ असार २२ गते १३:१६

२२ असार, झापा । झापाको कमल गाउँपालिकाका अध्यक्ष उम्मेदवार हुकुम सिंह राई र मेनका काफ्लेलाई जनताले बराबर मत दिए । गोलाप्रथामा एमालेकी मेनकाको भाग्य चम्कियो, कांग्रेसका हुकुम सिंह पराजित हुन पुगे ।

जनताले बराबर मत दिएर पनि गोलाप्रथामा हार्नु पर्दा हुकुमले के महसुस गरिरहेका होलान् ?

अनलाइनखबरसँग कुरा गर्दै राईले भने, ‘यसलाई मैले सहज रुपमा लिएको छु ।’

उनले अघि भने, ‘जनताले बराबरी मत दिएपछि त्यसलाई अन्तिम रुप दिन आयोगलाई सहज बनाउने गरी मैले ऐनमा भएको व्यवस्था अनुसार गोलाप्रथामा जानुपर्छ भनेको थिएँ । उहाँहरुले प्रक्रिया पुर्‍याएर निर्णय गर्नु भएको छ ।’

पूर्वपत्रकार समेत रहेका राईलाई विभिन्न संघ संस्थाको चुनावमा दुई उम्मेदवारको बराबरी मत पाउँदा कार्यकाल बाँडेर काम गर्ने गरेको जानकारी नभएको पनि होइन । पत्रकार महासंघकै उदाहरण दिँदै उनले भने, ‘तर, स्थानीय निकाय निर्वाचनका लागि कानुनमा नै गोलामा जानुपर्छ भनेर स्पष्ट व्यवस्था गरेको छ । आधा-आधा चलाउन मिल्दैन भनेकाले हामी गोलामा गएका हौं ।’

हुकुम र मेनकाले ८ हजार २७५ मत पाएका थिए । त्यसपछि गोलाप्रथा भयो, जसमा मेनकाले जितिन् ।

गोलामा हारेका हुकुम सिंहले भने गोलाप्रथालाई जुवाका रुपमा लिएका रहेछन्, जसमा उनी हारे । ‘जनताले जिताएको छ । तर, प्रक्रियामा छिर्नु पर्ने बाध्यता रहृयो,’ उनले भने, ‘जुवा खेलेको जस्तै हो । जीवनमा नखेलेको मान्छे आज खेलियो ।’

उनले गोला जित्दै मेयर चुनिएकी गाउँपालिका प्रमुख मेनकालाई सहयोग गर्ने बताएका छन् । उनले भने, ‘मलाई भोट हाल्ने, उहाँलाई भोट्न हाल्ने सम्पूर्ण कमलबासीको हितमा काम गरिदिनुहुन्छ भन्ने विश्वास छ । र, यसमा मेरो साथ रहन्छ ।’

यदि विपक्षीलाई सुन्दै नसुन्ने र एकपक्षीय रुपमा अघि बढेमा भने आफूले सोच्ने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?