+
+
Shares

बबर्इ नदीमा ड्रोनको प्रयोगबाट गाेहीको गणना

घडियाल ४६ र मगर गोहीको संख्या ३१ पुग्यो

रासस      रासस    
२०७४ असार २५ गते १३:०३

२५ असार, बर्दिया । बबई नदीमा घडियाल गोही ४६ र मगर गोही ३१ पुगेका छन् ।

बर्दिया राष्ट्रिय निकुञ्जका संरक्षण प्रमुख रमेशकुमार थापाले संरक्षित क्षेत्रमा हुन सक्ने चोरी सिकार एवं अवैध गतिविधि नियन्त्रण गर्न बर्दिया राष्ट्रिय निकुञ्जमा पहिलो पटक मानवरहित विमान (ड्रोन) को प्रयोग गरी गोहीको सर्वेक्षण गरिएको बताए ।

निकुञ्ज सीमाभित्र पर्ने बबई नदीको ४६ किमी दूरीमा ड्रोनको प्रयोग गरिएको हो ।

माछा र मासु दुवै खाने भएकाले मगर गोही सिमसार क्षेत्र र तालतलैयामा बस्ने गरेको थापाले बताए । उनका अनुसार मगर गोहीले माछाबाहेक ताल छेउछाउ आउने चित्तल, जरायो, लघुनालगायत जनावरको पनि सिकार गर्छ ।

विशेष गरी ताजा माछालाई आफ्नो आहाराका रूपमा लिने गरेको घडियाल गोही नेपालका नारायणी, राप्ती, बबई र कर्णालीमा मात्र पाइने बताइएको छ ।

सन् २०१६ मा गरिएको गणनानुसार ती सबै नदीमा घडियाल गोही १९८ थिए । यस वर्ष बर्दियाका नदी प्रणालीमा घडियाल गोहीको सङ्ख्या वृद्धि भएसँगै अन्य नदी प्राणीमा पनि यसको सङ्ख्या वृद्धि भएको अनुमान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?