Comments Add Comment

गोरखाको चुम्चेतमा झाडापखाला प्रकोप, एक बालकको मृत्यु, ४० बिरामी

२६ असार, गोरखा । गोरखाको चुमनुव्री गाउँपालिका वडा नम्वर-६ चुम्चेतमा झाडापखालाको प्रकोप फैलिएको छ ।

बिगत केही दिनदेखि फैलिएको प्रकोपका कारण १ वर्षीय बालकको ज्यान गइसकेको छ भने करिव ४० जना स्थानीयहरु बिरामी परेका स्थानीय शेराप गुरुङले अनलाइनखवरलाई जानकारी दिए ।

झाडापखालाले गाउँका बालबालिका र बृद्धबृद्धालाई बढी असर परेको गुरुङले बताए । करिव दुइ सय पचास घरधुरी रहेको उक्त क्षेत्रमा प्रकोप फैलिदै गएको स्थानीयहरुले बताएका छन् ।

‘वाकवाकी लाग्ने, दिसा लाग्ने जस्ता लक्षणहरु देखिएको छ,’ स्थानीय गुरुङले भने ‘औषधि खाएपनि निको भएको छैन ।’ दुषित खानेपानी र सरसफाइको अभावमा झाडापखालाको प्रकोप फैलिएको अनुमान गरिएको छ ।

यता जिल्ला जनस्वास्थ्य कार्यालयले भने यस बारे आफूहरुलाइ कुनै जानकारी नभएको र बुझ्ने प्रयास भइरहेको बताएको छ । चुम्चेत स्वास्थ्यचौकीमा फेान सम्पर्क हुन सकेन ।

चुम्चेतमा रहेको स्वास्थ्य क्षेत्रमा काम गर्दै आएको क्यान नेपाल नामक गैरसरकारी संस्थाकी कर्मचारी उमा गुरुङले भने दैनिक दुइ तीन जना झाडापखालाको बिरामीहरु स्वास्थ्य जाँच गराउन आउने गरेको बताइन् ।

‘केही दिनअघि गुम्वाका एक वर्षीय बालकको झाडापखालाबाट ज्यान गएको भन्ने सुनियो,’ उनले भनिन् ‘हामीलाई जानकारी गराएको भए त्यहीँ गएर उपचार गथ्र्याैं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment