Comments Add Comment

कैलालीमा सर्पको डसाईबाट ७ जनाको मृत्यु

२९ असार, धनगढी । कैलालीमा यो वर्षको शुरुको तीन महिनामै सर्पको डसाईबाट ७ जनाको मृत्यु भएको सेती अञ्चल अस्पतालले जनाएको छ । गत वर्ष एक वर्षको अवधिभर ७ जनाको मृत्यु भएको थियो ।

यसपटक असारमै मृतकको संख्या ७ पुगिसकेको छ । सेती अञ्चल अस्पतालका इमर्जेन्सी वार्ड इन्चार्ज कृष्ण बोहराका अनुसार ३ जनाको उपचारको क्रममा र ४ जनाको उपचारका लागि अस्पताल ल्याउँदै गर्दा बाटोमा नै मृत्यु भएको हो ।

ग्रामिण भेगमा सर्पले डस्दा अस्पताल टाढा हुने भएकाले धेरैजसो बिरामीको बाटैमा मृत्यु हुने गरेको छ । सुरुमा झारफुक तिर लाग्ने भएका कारण पनि अस्पताल ल्याउन ढिलाइ हुँदा मृत्यु हुने गरेको चिकित्सकहरु बताउँछन् ।

सेती अञ्चल अस्पतालमा गत वर्ष सर्पले डसेका २ सय १५ जना उपचारका लागि आएकोमा यो वर्षको ३ महिनामा ६८ जना बिरामी उपचारका लागि अस्पताल आएको सेती अञ्चल अस्पतालका इमर्जेन्सी वार्ड इन्चार्ज बोहराले बताए । उनले सर्पले डसेपछि लगाइने इन्टिस्नेक भेनम अस्पतालमा पर्याप्त मात्रामा रहेको समेत जानकारी दिए ।

यसैबीच नेपाली सेनाले बडैपुर मसुरियामा सञ्चालन गरेको सर्प दंश उपचार केन्द्रमा यस बर्ष ६० जना उपचार गर्न आएकामा ५८ जना निको भएर घर फर्केका छन् । २ जनालाई भने उपचारका लागि अन्यन्त्र रिफर गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment