+
+
Shares

साझा बस ललितपुरको बुङ्मती र गोदावरीसम्म पुर्‍याउने योजना

साझालाई एक करोड दिँदै ललितपुर महाननगर

अनलाइनखबर अनलाइनखबर
२०७४ असार ३१ गते १४:५०

३१ असार, काठमाडौं । साझा यातायातको बस सेवा ललितपुरको बुङ्मती र गोदावरीसम्म विस्तार गर्ने योजना बनेको छ । यसका लागि ललितपुर महानगरपालिकाले साझा यातायातको एक करोड रुपैयाँको सेयर किन्ने भएको छ ।

काठमाडौं महानगरपालिकाले झण्डै १५ करोडको सेयर किनेर नगरका विभिन्न क्षेत्रमा साझा बस चलाएपछि ललितपुर महानगरपालिकाले पनि साझासँग एक करोड रुपैयाँको किन्ने समझदारी गरेको हो ।

अबको एक महिनाभित्रै साझालाई नयाँ बसहरु किन्न १ करोड रुपैयाँ हस्तान्तरण गरिने ललितपुरका मेयर चिरीबाबु महर्जनले बताए ।

‘हामीले ललितपुरको बुङ्मति र गोदावरीसम्म साझा बस लैजानुपर्छ भनेर साझाको एक करोडको सेयर किन्ने गरी एमओयू गरेका छौं’ मेयर महर्जनले भने, ‘अब साझाका नयाँ बसहरु आएर ललितपुरमा सेवा विस्तार गर्छन् ।’

मेयर महर्जनले ठूला बसलाई प्रोत्साहित गर्दै नागरिकलाई सहज रुपमा सार्वजनिक यातायात उपभोग गराउने नीति महानगरपालिकाले लिएको उल्लेख गरे ।

साझा यातायातले पनि ललितपुर महानगरपालिकाबाट रकम आएपछि बस किन्ने प्रक्रिया अघि बढाइने बताएको छ ।

साझाले अहिले ४६ वटा बसमार्फत यात्रुलाई सेवा दिइरहेको छ । अहिले काठमाडौं महानगरपालिकाले दिएको ५ करोड रुपैयाँबाट १२ वटा डिलक्स र एउटा सेमी-लो फ्लोर बस किन्न प्रक्रिया अघि बढाइएको छ ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?