+
+

चुडामणि शर्माविरुद्ध १० अर्ब २ करोड भ्रष्टाचारको मुद्दा दायर

अनलाइनखबर अनलाइनखबर
२०७४ साउन १ गते १२:१७

१ साउन, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आन्तरिक राजश्व विभागका निलम्बित महानिर्देशक चुडामणि शर्मासहित ३ जनाविरुद्ध १० अर्ब २ करोड बढी भ्रष्टाचार गरेको अभियोगमा विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आइतबार विहान विशेष अदालतमा शर्मासँगै कर फ्छ्र्यौट आयोगका अध्यक्ष लुम्बध्वज महत र सदस्य उमेश ढकालविरुद्ध १० अर्ब २ करोड १९ लाख १ हजार ८२४ रुपैयाँ भ्रष्टाचार गरेको दाबीसहित मुद्दा दायर भएको हो । कर फ्छ्र्यौट आयोगले बक्यौता कर छुट दिँदा सही नियतले काम गरेको नदेखिएको भन्दै अख्तियालर छुट दिएको रकम भ्रष्टाचार भएको ठहर गरेको छ ।

शर्मा अहिले पनि अख्तियारको हिरासतमा छन् । तर, महत र ढकाल भने फरार छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?