Comments Add Comment

साउने संक्रान्तिः किन र कसरी मनाउने ?


दर्के झरी र रापिलो घाम झेलेर अन्नवाली लगाइसकेपछिको समय हो यो । अर्थात साउनको सुरुवातबाट किसानहरुले विश्राम पाउँछन् । त्यसैले हिलो मैलोसँग जुधेर काम गरेका किसानहरुले सरसफाई गरेर मीठो मसिनो खाने गर्छन् ।

यहि समयबाट किसानको घरमा समृद्धि भित्रिन्छ । त्यसैले यसलाई ‘लुतो फ्याल्ने’, ‘अनिकाल हटाउने’ पर्वको रुपमा मनाइन्छ ।

अन्नवाली लगाउने क्रममा हिलो, मैलो, पानीले छालामा संक्रमण हुनसक्ने भएकाले त्यसबाट बच्न ‘लुतो फ्याल्ने’ गरिन्छ । त्यस्तै, यो अनिकाल टरेको अवस्था पनि हो । किनभने यतिबेला कतिपय अन्न उब्जनी सुरु भइसकेको हुन्छ ।

साउन १ गतेलाई साउने संक्रान्ति भनिन्छ । ज्योतिष शास्त्रअनुसार सौरमासका हिसाबले साउने संक्रान्तिदेखि सूर्य कर्कट राशिमा प्रवेश गर्ने हुनाले यस दिनलाई कर्कट संक्रान्ति पनि भनिन्छ । सूर्यले सबै राशीलाई प्रभावित गरेपछि सूर्यको कर्कट राशी र मकर राशी प्रवेशलाई धार्मिक दृष्टिले महत्वपूर्ण मानिन्छ ।

ठ्याक्कै साउन एक गते अर्थात साउने संक्रान्तिबाटै दिन छोटो र रात लामो हुँदै जान्छ । यहि दिनदेखि नेपालमा चाडपर्वको सिलसिला सुरु हुन्छ । दान, दक्षिणा दिने, धर्मकर्म गर्ने क्रम पनि जारी रहन्छ । बिवाहित महिलाहरुले साउने संक्रान्तिदेखि साउन महिनाभर सौभाग्याको प्रतीक र बस्त्र लगाएर महिनाभर पूजा आधाना गर्ने, ब्रत बस्ने चलन छ । यसदिन किसानहरुले आफ्नो बालीमा पाकेका अन्न तथा फलफूल चढाउने गर्छन् ।

कागती, निबुवा, अम्बा, अनार, नासपाती आदि फफूल चढाएर कण्डारक नामक राक्षसको पूजा गरिन्छ । भनिन्छ, कण्डारक नाम गरेको रात्रिचर राति हिँड्नेको पूजा गरी बलेको अगुल्टो फालेपछि बर्खाभर लागेको छालाजन्य रोग निको हुने मान्यता छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment