Comments Add Comment

बृद्धि भएको शुल्क घटाउन क्रान्तिकारीको माग

१ साउन, काठमाडौं । माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले इन्जिनियरिङ अध्ययन संस्थानले गरेको शुल्क बृद्धिको बिरोध गरेको छ ।

क्रान्तिकारीका अध्यक्ष नरेन्द्र न्यौपानेले विज्ञप्ति निकाली बृद्धि गरिएको शुल्क घटाउन माग गरेका छन् ।

शुल्क बढाइएपछि विगत ४ दिनदेखि पूर्वाञ्चल क्याम्पस धरानमा जारी आमरण अनसन र मागप्रति समेत त्रिभुवन विश्वविद्यालय, डीन कार्यालय र क्याम्पस प्रशासन उदासिन भएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

साथै अनसनमा बसेका विद्यार्थी नेताहरु कृष्णराज न्यौपाने र सरोज अधिकारीको स्वास्थ्यस्थिति दिनप्रतिदिन नाजुक बन्दै जाँदा पनि सम्बन्धित पक्षबाट बेवास्था गरेको क्रान्तिकारीले बताएको छ ।

शुल्क घटाउन विद्यार्थीहरुले आमरण अनशन लगायतका विभिन्न कार्यक्रम गर्दा समेत बेवास्था गरिएको भन्दै क्रान्तिकारीले आइतबार नै शुल्क नघटाइए देशभरकै इन्जिनियरिङ कलेजहरुमा रिले अनसन लगायतका कार्यक्रम गरिने विज्ञप्तिमा उल्लेख गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment