Comments Add Comment

साउनको फेसन मेहेन्दी : कस्तो डिजाइन कसरी बनाउने ?

साउनले फेसन र शृंगारलाई फरक रंगमा पोत्ने गर्छ । यतिवेला हरियो, रातो, पहेंलो पहिरन लगाइन्छ । त्यस्तै रंगको संयोजन मिलाइन्छ, पोते र चुरामा पनि । त्यतीले मात्र कहाँ पुग्छ, हातभरी मेहेन्दी लागउनै पर्छ ।

साउनमा युवतीको हातमा मेहेन्दी देखिएन भने धेरैले सोध्छन् रे, ‘किन मेहेन्दी नलगाएकी ?’ अर्थात् साउनमा मेहेन्दी लगाउनै पर्छ । हरियो, रातो, पहेंलो पहिरनको कम्बिनेशनसँगै हातमा मेहेन्दी । साउन महिनाले फेसनमा ल्याउने एकरुपता पनि हो यो ।

मेहेन्दी  किन ?

मेहेन्दीको मौसम पनि हो यो । मेहन्दी डिजाइनर कुलदिप कुमार वाष्णेय भन्छन्, ‘नारीको सोह्र सृंगारमा मेहन्दीको पनि महत्व छ ।’

मेहेन्दी किन लगाउने त ? यसमा आ-आफ्नै बुझाई छ । कतिले भन्छन्, राम्रो श्रीमान् भेटियोस् भनेर । कतिले भन्छन्, पती-पत्नीको प्रेम प्रगाढ होस् भनेर । भनिन्छ, मेहेन्दी जति गाढा लाग्छ, उत्तिनै गाढा माया बस्छ ।

यसको अर्को महत्व पनि छ । असारे चटारोवाट उम्किएपछि सुकिलो मुकिलो भएर वस्न दिदी वहिनीहरुले हातमा मेहन्दी सजाउने परम्परा छ । खेतीवाली लगाउँदा हात खुट्टामा लागेको चोट हटाउन र त्यसलाई मुलायम बनाउन पनि मेहन्दी लगाउने गरिएको हो ।

कस्ता कस्ता मेहेन्दी ?

पछिल्लो समय मेहेन्दीले फेसनको स्वरुप लिएको छ । अहिले यसको अनेकौ डिजाइन पनि प्रचलनमा छ । त्यसमध्ये अरविक र व्राइडल वढी चल्तीमा छ । पछिल्लो समय गोल्डेन अरविक, लेटेस्ट अरविक, सुपर्व हिनाको ट्रेन्ड चलेको बताइन्छ ।

सदवाहार चल्तीमा रहने अरविक चाहि प्राय एक लाइनमा सजाइएको हुन्छ । लेटेस्ट अरविकमा माछा, कलश, गणेश, दुलहा दुलहीको डोली जस्ता आकृति हुन्छ । यो हातको कुहिनादेखि माहिली औंलासम्म लगाइन्छ । हातको एउटा औंलामा मात्र डिजाइनले छुन सक्छ । विवाहका लागि गरिने ब्राइडल डिजाइन पनि साउनमा प्रयोग गरिन्छ ।

मेहेन्दी बनाउने विधी


खासगरी प्राकृतिक रुपमा घरमै मेहेन्न्दी तयार गर्नु राम्रो हो । तिउरीमा फर्सिको फूल, सिमीको पाता मिसाएर मेहन्दी बनाइन्छ । तर, अहिले तयारी मेहेन्दी पाइन्छ । यस्तो मेहेन्दीमा रसायन हुने भएकाले छालामा समस्या ल्याउन पनि सक्छ ।

यसरी बनाउने मेहेन्दीको पेस्ट

– मेहन्दीको धूलोलाई मलमलको कपडाले दुईरतीन पटकसम्म चाल्ने।

-चियापत्तीको पानीमा मेहन्दीलाई करिब पाँच घन्टाजति भिजाउने।

-उपलब्ध भएमा मेहन्दीको तेल पनि केही थोपा मिसाएमा मेहन्दी गाढा हुन्छ।

कोन बनाउने तरिका

-कोनका लागि आवश्यक प्लास्टिक तयार पार्ने।

-प्लास्टिकलाई चारकुने आकारमा काट्ने ।

-प्लास्टिकको एउटा कुना समातेर अर्को कुनातिर बटार्दै लैजाने।

-कोन बनेपछि बाहिरपट्टि सेलोटेपले टाँसिदिने।

-आवश्यकताअनुसार कोनमा मेहन्दी भर्ने।

-माथि रबर ब्यान्ड वा सेलोटेपले कोनको मुख बन्द गर्ने।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment