News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल राष्ट्रिय फुटबल टोलीका डिफेन्डर सुमन श्रेष्ठ माल्दिभ्सको ओडीआई स्पोर्ट्स क्लबमा अनुबन्ध भएका छन्।
- सुमनले माल्दिभ्सको शीर्ष श्रेणीको धिवेही प्रिमियर लिगमा ओडिआई स्पोर्ट्स क्लबबाट खेल्नेछन्।
- सुमनले विभागीय टोली एपीएफबाट राष्ट्रिय टिमसम्मको यात्रा तय गरेका थिए र सिंगापुर विरुद्ध डेब्यु गरेका थिए।
१२ भदौ, काठमाडौं । नेपाल राष्ट्रिय फुटबल टोलीका डिफेन्डर सुमन श्रेष्ठले माल्दिभ्सको शीर्ष श्रेणीको लिग फुटबल खेल्ने भएका छन् ।
श्रेष्ठ माल्दिभ्सको ओडीआई स्पोर्ट्स क्लबमा अनुबन्ध भएका हुन् ।
ओडिआई स्पोर्ट्स क्लबले सुमनले आफ्नो क्लबबाट खेल्ने पुष्टी गरेको छ । साथै क्लबले सुमनको आगमनले क्लबको डिफेन्स लाइन बलियो हुने विश्वास राखेको छ ।
यो सँगै सुमनले अब माल्दिभ्सको शीर्ष श्रेणीको लिग धिवेही प्रिमियर लिगमा ओडिआई स्पोर्ट्स क्लबबाट खेल्नेछन् ।
२५ वर्षीय सुमनले विभागीय टोली एपीएफबाट खेल्दै राष्ट्रिय टिमसम्मको यात्रा तय गरेका थिए । नयाँ प्रशिक्षक म्याट रोसको आगमनपछि पहिलो पटक राष्ट्रिय टिममा पर्दै उनले सिंगापुर विरुद्ध नेपालका लागि डेब्यु गरेका थिए । सिंगापुर विरुद्ध नेपालले ऐतिहासिक जित हात पारेको खेलमा उनले पहिलो रोजाईँमा डेब्यु गर्ने अवसर पाएका थिए ।
प्रतिक्रिया 4