News Summary
Generated by OK AI. Editorially reviewed.- होप्सकी योङगी पौडेलले तेस्रो कल्याण पाण्डे राष्ट्रिय जुनियर यू–१९ गल्र्स सिंगल्स टेबलटेनिसमा स्वर्ण जितेकी छन्।
- जुनियर यू–१९ ब्वाइज सिंगल्समा एभीएमका जयस्नु महर्जन र प्रजिल भट्टराईले उपाधि भिडन्त पक्का गरेका छन्।
- क्याडेट यू–१५ ब्वाइज सिंगल्समा यलका रिजन शाक्यले फाइनलमा यलकै अर्नव श्रेष्ठलाई पराजित गरी स्वर्ण जितेका छन्।
१२ भदौ, काठमाडौं । होप्सकी योङगी पौडेलले तेस्रो कल्याण पाण्डे राष्ट्रिय जुनियर तथा क्याडेट टेबलटेनिस प्रतियोगिताको जुनियर यू–१९ गल्र्स सिंगल्समा बिहीबार स्वर्ण जितेकी छन् ।
लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको फाइनलमा योङगीले स्ट्याग च्याम्पियन्स टेबलटेनिस एकेडेमीकी सुस्मिता खड्कालाई ६–११, ११–६, १३–११, २–११ र ११–९ को सेटमा पराजित गरिन् । एभीएमकी आस्मा पहरी र द ड्रागन्सकी दिया देउलाले कांस्य हात पारे ।
अखिल नेपाल टेबलटेनिस संघको आयोजना तथा शशि–कल्यण कल्याण कोषको प्रायोजनमा भइरहेको प्रतियोगिताको जुनियर यू–१९ ब्वाइज सिंगल्समा एभीएमकाद्वय जयस्नु महर्जन र प्रजिल भट्टराईले उपाधि भिडन्त पक्का गरे ।
क्याडेटको यू–१५ ब्वाइज सिंगल्समा यलका रिजन शाक्य पहिलो भए । उनले फाइनलमा यलकै अर्नव श्रेष्ठलाई ११–४, १४–१२ र ११–५ को सेटमा हराए । रुपन्देहीका सुविन क्षेत्री र यलका संस्कार श्रेष्ठ तेश्रो बने ।
सो स्पर्धाको गर्ल्समा एभीएमकी अर्सना महर्जनले स्वर्ण चुमिन् । अर्सनाले फाइनलमा एभीएमकै श्रीया शाक्यलाई ६–११, ११–५, ११–९ र ११–९ को सेटमा पाखा लगाइन् ।
एभीएमकी त्याबुङमा राई र होप्सकी इम्रिन महर्जन तेश्रो भए । प्रतियोगिता शुक्रबार सम्पन्न हुनेछ ।
प्रतिक्रिया 4