+
+
Shares

चार दिन पछि खुल्यो कर्णाली राजमार्ग

अनलाइनखबर अनलाइनखबर
२०७४ साउन ११ गते १४:३०

११ साउन, कालिकोट । पहिरोका कारण अवरुद्ध कर्णाली राजमार्ग चार दिन पछि खुलेको छ ।

अविरल वर्षाका कारण कर्णाली राजमार्गमा अन्तर्गत कालिकोट र दैलेख सीमा क्षेत्र दैखोलादेखि घट्टेखोलासम्मको सडक क्षेत्रमा ठाउँठाउँमा पहिरो गएपछि अबरुद्ध राजमार्ग पहिरो हटाइएपछि खुलेको हो ।

करिब १ सय २० मिटर सडक खण्डमा पहिरो खसेकाले राजमार्ग अवरुद्ध भएको थियो ।

गत आइतवार साझँ ६ बजेतिर खसेको पहिरोका कारण राजमार्ग अबरुद्ध भएपछि रोकिएका यातायात साधान र यात्रुहरु राजमार्ग सन्चालनमा आएसंगै गन्तब्यतिर लागेका छन् ।

आइतबार बेलुकाबाट बन्द भएको राजमार्ग खुलाउनका लागि सडक डिभिजन कार्यालय जुम्लाद्वारा जे.सि.बी मेसिन र एक्साभेटर लगाएर पहिरो हटाई राजमार्ग सन्चालनमा ल्याइएको हो ।

रत्न बहादुर कार्कीको सहयोगमा 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?