+
+
Shares

प्रचण्डले सपना देखेको हुनसक्छ, पार्टी एकता सम्भव छैनः बाबुराम

अनलाइनखबर अनलाइनखबर
२०७४ साउन १३ गते १९:५२


१३ साउन, काठमाडौं । नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले पार्टी एकताबारे माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग कुनै सम्वाद नभएको बताएका छन् । माओवादीसँग तत्काल पार्टी एकताको कुनै सम्भावना नरहेको समेत उनले बताए ।

पार्टीको संघीय परिषद् बैठकका निर्णयहरु सार्वजनिक गर्न शुक्रबार आयोजित पत्रकार सम्मेलनमा सञ्चारकर्मीसँग डा. भट्टराईले भने, ‘प्रचण्डले के भन्नुभयो मलाई थाहा छैन । उहाँले सपना देखेको पनि हुनसक्छ । तर, पार्टी एकताबारे मेरो कुनै कुरा भएको छैन ।’

पूर्व माओवादी नेता समेत रहेका उनले अघि भने, ‘तत्काल पार्टी एकताको सम्भावना पनि छैन ।’

माओवादी केन्द्रको हालै सम्पन्न केन्द्रीय सचिवालयको बिस्तारीत बैठकले डा. बाबुराम भट्टराई, मोहन वैद्य किरण र नेत्रविक्रम चन्द विप्लवलाई पार्टी एकतामा आउन आह्वान गर्ने निर्णय गरेको थियो ।

फोरमसँग चुनावी तालमेलको प्रयास

कार्यक्रममा भट्टराईले संघीय समाजवादी फोरमसँगको एकता प्रयास पनि असफल भएको स्वीकार गरे । उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादलाई सिद्धान्त बनाउनु पर्ने अडान राखेर फोरमले परम्परावादी राजनीतिमा जोड दिएको उनको आरोप छ ।

‘केही वैचारिक राजनीतिक कुरा हो । पार्टीको नाम र संंगठनात्मक संरचनामा पनि सहमति हुन सकेन’ उनले भने, ‘एकता प्रयास अहिलेलाई अन्त्य भयो ।’

यद्यपि पार्टी एकता नभए पनि प्रदेश नम्बर २ मा हुने स्थानीय चुनावमा तालमेलको प्रयास हुने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?