+
+
WC Series
चितवन राइनोज 2025
120/6 (20)
VS
Pokhara Avengers won by 8 wickets
Won पोखरा एभेन्जर्स 2025
121/2 (19.4)
Shares

चिकित्सा शिक्षा बिधयेकमाथि पर्याप्त छलफल गर्न प्राध्यापक संघको माग

डीन कार्यालयमा बिद्यार्थीले लगाएको तालाप्रति संघको ऐक्यवद्धता

अनलाइनखबर अनलाइनखबर
२०७४ साउन १७ गते १४:४३

१७ साउन, काठमाडौ । त्रिभुवन विश्वविद्यालय प्राध्यापक संघ क्याम्पस इकाई समितिले चिकित्सा शिक्षा विधयेक तथा स्वायत्ततासम्बन्धी विषयमा सरोकारवाला निकायसँग छलफल गरेर मात्र साझा धारणा प्रस्तुत गर्न चिकित्सा शिक्षा अध्ययन संस्थान (आओएम) डीन कार्यालय समक्ष आग्रह गरेको छ ।

संघले मंगलबार एक विज्ञप्ति जारी गरी आफूसँगको छलफल नगरी व्यक्तिगत रुपमा प्रस्तुत गरिएको धारणा मान्य नहुने बताउँदै त्यसबाट आउने परिणामको सामना गर्न डिन कार्यालयलाई चेतावनी दिएको छ ।

संघका सचिव डा. सुरेश उप्रेतीद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘चिकित्सा शिक्षा विधयेकसम्बन्धी तथा स्वायत्ततासम्बन्धी यस संस्थानका सम्पूर्ण सरोकारवाला निकायसित छलफल गरी साझा धारणा प्रस्तुत गर्न आग्रह गर्दछौ । व्यक्तिगत तवरमा आफ्नो तजविजमा प्रस्तुत गरिएको धारणा हामीलाई मान्य नहुने र त्यसबाट आउने परिणामको जिम्मेवारी लिन पनि तयार हुन हामी जानकारी गराउछौं ।’

संघले विज्ञप्तिमार्फत हिजो बसेको संघको वैठकले विभिन्न माग राखि विद्यार्थीहरुले डीन कार्यालयमा लगाएको तालाप्रति एक्यवद्धता जनाएको बताएको छ । साथै समस्याको समाधान गरी डीन कार्यालयमा लगाइएको ताला यथाशि्रघ नखोले आफूहरु कडा आन्दोलनमा उत्रने समेत चेतावनी दिएको छ ।

संघले डीन कार्यालयलाई लेखेको उक्त पत्रको बोर्धाथ प्रधानमन्त्री तथा कुलपति, शिक्षामन्त्री, त्रिभूवन विश्वविद्यालयका उपकुलपति तथा संसदको सामाजिक समितिका सभापतिलाई समेत पठाइएको छ ।

चिकित्सा शिक्षा विधयेकबारे आजबाट छलफल चल्ने बताइएको छ भने स्वायत्तताको सम्बन्धमा सरकारी वार्ता टोली हिजोमात्र आईओएमका डीन डा. जगदीश प्रसाद अग्रवालसित धारणामा मागेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?