Comments Add Comment

बच्चालाई यस्तो हर्कत गर्नमा रोकटोक नगरौ


बच्चालाई हिलो, धूलो, माटो खेल्न निषेध गर्छौ । उनीहरु सधै सुकिलो-मुकिलो भएको देख्न चाहन्छौ । यद्यपी बाल्यकालमा जोकोहि हिलो-माटो खेल्न चाहन्छन्, फोहोरमैलाप्रति वेवास्ता गर्छन्, अस्तव्यस्त हुन्छन् । झट्ट हेर्दा बच्चाको यस्तो वानी-व्यवहार राम्रो लाग्दैन । यद्यपी बच्चाको शारीरिक तथा मानसिक विकासमा यस्तै गतिविधीले अहंम भूमिका खेलेको हुन्छ । बच्चाको प्रतिरक्षा क्षमता बढाउन मद्दत गरिरहेका हुन्छ ।

अभिभावकले के गल्ती गर्छन् ?

बच्चा हुर्काउने क्रममा गरिने सबैभन्दा ठूलो गल्ती हो, हामी बच्चालाई आफुजस्तै बनाउने कोसिस गर्छौ । उनीहरुमा आफ्नो चाहाना, इच्छा लाद्ने प्रयास गर्छौ । कतिसम्म भने, बच्चालाई उनीहरुको रोजाइ र सहजता होइन, बरु अभिभावकको इच्छा अनुसार पहिरन लगाइदिने गरिन्छ । खान, खेल्न, बस्न सबै कुरामा बच्चामाथि अभिभावक हावी हुन्छन् ।

बच्चाको आफ्नै जन्मजान प्रवृत्ति हुन्छ । उनीहरुको सोच्ने शैली र तरिका फरक हुन्छ । उनीहरुले बुझ्ने क्षमता पनि एकनास हुँदैन । जब बच्चामाथि अभिभावक हावी हुन्छन्, बच्चाको आफ्नोपन लुटिन्छ । उनीहरु अभिभावकको कठपुतली जस्तै हुन पुग्छन् ।

बच्चालाई बच्चा जस्तै हुन दिने

अक्सर अभिभावक बच्चालाई अनुशासित, सभ्य, सुकिलो, इमान्दार, भएको हेर्न चाहन्छन् । यी मानविय गुण हुन्, जसले व्यक्तित्व निर्माण गर्छ । तर, बच्चामाथि यस्तो अपेक्षा राख्नु भनेको उनीहरुको बालापन खोस्नु सरह हो । बच्चालाई बच्चा जस्तै हुन दिनुपर्छ । अर्थात्, उनीहरुमा जुन बालसुलभ चञ्चलता हुन्छ, त्यसलाई नियन्त्रण वा निषेध गर्नु हुन्न । बच्चाले गर्ने कतिपय व्यवहार हुन्छन्, जसमाथि बन्देज गर्नु भनेको उनीहरुको मानसिक, शारीरिक विकासमा ठेस पुर्‍याउनु हो ।

फोहोरमा खेल्न

कतै खाल्डाखुल्डीमा जमेको पानीमा उफ्रिन  रमाउँछन् बच्चाहरु । घरको छतबाट झरेको पानीमा वेपर्वाह भिज्न चाहन्छन् । हिलो माटोमा अनेकन आकृति बनाउन तम्सन्छन् । धुलो उडाएर मज्जा लिन खोज्छन् । बच्चालाई यस्तो कुरामा बन्देज नगरौ । किनभने यस्ता गतिविधीले उनीहरुलाई खुसी त तुल्याउँछ नै, सक्रिय र सिर्जनसिल पनि बनाउँछ । साथसाथै, रोगसँग लड्ने क्षमता पनि बढ्छ । यद्यपी फोहोर, माटो, धूलो, पानी खेलेपछि सरसफाइ भने गरिदिनुपर्छ ।

 

घरपालुवा जनवारसँग खेल्न

बच्चाहरु घरपालुवा जनावारसँग नजिकिन रुचाउँछन् । तिनीहरुसँग खेल्न रुचाउँछन् । चाहे त्यो कुकुर होस् वा बिरालो, गाईको बाछो होस् वा बाख्रोको पाठो, बच्चाहरुलाई खेल्न छुट दिनुहोस् । जनवारलाई प्रेम गर्न सिकाउनुहोस् । यद्यपी जनवारको मुड सधै एकैनास हुँदैन । जनवारसँग खेलिरहेको बेला बच्चाको निगरानी भने गर्नुपर्छ ।

न नुहाउने मौका

बच्चालाई सधै नुहाइ-धुवाई, सुकिलो राख्नुपर्छ भन्ने छैन । कहिले कहि उनीहरुले नुहाउन मान्दैनन् । यस्तोमा उनीहरुलाई छुट दिनुहोस् । एक पटक ननुहाउँदैमा खास फरक पर्दैन । थोरै फोहोर देखिन सक्छ । तर, यसले उनीहरुको प्रतिरक्षा क्षमता बढाउन सहयोग गर्छ ।

मनलाग्दो गर्न दिनुपर्छ

बच्चालाई अनुशासित बनाउने चक्करमा बन्धनमा बाँध्नु सहि होइन । उनीहरुको बालसुलभ चञ्चलताबाट पनि आनन्द लिन सकिन्छ । बच्चालाई स्वतन्त्र ढंगले खेल्न, हाँस, रमाउन एवं विभिन्न हर्कत गर्न छुट दिनुहोस् ।

बच्चालाई त्यस अवस्थामा मात्र नियन्त्रण गर्नुपर्छ, जब उसको गतिविधी एवं हर्कतले हानी-नोक्सानी पुर्‍याउन थाल्छ । ओछ्यानमा जथाभावी उफ्रिन, खेलौना छरपस्ट पार्न, कपीमा मनलाग्दो कोर्न रोकटोक नगरौ । यसले उनीहरुको रचनात्मक क्षमता विकास हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment