+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

रेजिका पी-३ बिजनेस एनलाइसिस परीक्षामा विश्व प्रथम

अनलाइनखबर अनलाइनखबर
२०७४ साउन २० गते १०:०८


२० साउन, काठमाडौं । एसीसीए परीक्षामा द बि्रटिश कलेजको विद्यार्थी विश्व प्रथम द ब्रिटिश कलेजको विद्यार्थी रेजिका महर्जन सन् २०१७ जुनमा भएको पी-३ बिजनेस एनलाइसिस प्रोफेसनल एसीसीए परीक्षामा विश्व प्रथम भएकी छिन् ।
यसभन्दा पहिलेको स्किल लेभल परीक्षाहरुमा नेपाल प्रथम भइसकेकी महर्जनले अहिलेसम्मकै सबैभन्दा ठूलो उपलब्धी हासिल गरेकी हुन् ।

यसअघि एसीसीएको कुनै पनि मोडुलमा नेपालले विश्व प्रथम स्थान प्राप्त गरेको थिएन । एसीसीए (एसोसिएसन अफ चाटर्ड सर्टिफाइड एकाउन्टेन्ट्स) एक व्यावसायिक शैक्षिक योग्यता हो जुन १८० देशमा प्रदान गरिन्छ ।

एसीसीएले विद्यार्थीहरुलाई एकाउन्टिङ र फाइनान्स करियरको लागि तयार गर्छ जुन विश्वव्यापी रुपमा मान्यता प्राप्त छ । यो कोर्स अन्य शैक्षिक योग्यता भन्दा भिन्न छ किनभने यो कोर्सको परीक्षामा विद्यार्थीहरु आफैँले चार परीक्षा पिरियडहरु छान्न सक्छन्जसले उनीहरुको कोर्स मूल्याङ्कन गर्छ ।

एसीसीएको खुल्ला इन्ट्री नीतिको कारणले विद्यार्थीहरुलाई यसको अध्ययन गर्नको लागि कुनै पनि ट्रेनिङ सम्झौता र कुनै पनि सम्बन्धित कार्य अनुभव चाँहिदैन । उनीहरुले आफ्नो उच्च शिक्षा पछि सिधै एसीसीए अध्ययन गर्न सक्छन्।

द बि्रटिश कलेजले ‘एकाउन्टिङ एण्ड बिजनेश’ र ‘एडभान्स्ड डिप्लोमा इन एकाउन्टिङ एण्ड बिजनेश’ को साथमा अक्सफोर्ड ब्रुक्स युनिभर्सिटी, बेलायतबाट ‘बिएस्सी इन एप्लाइड एकाउन्टिङ’ पुरा गर्ने सुविधा उपलब्ध गराएको छ ।

द बि्रटिश कलेजलेसन्२०१२ बाट एसीसीए शिक्षा प्रदान गर्न थालेको हो । यो नेपालको दुई मध्ये एक ‘गोल्ड स्ट्यान्डर्ड’ एसीसीए संस्था हो । कलेजको एसीसीए फ्याकल्टीहरुले प्रदान गर्ने उच्च गुणस्तरको शिक्षाको कारण टिबिसीलेगोल्ड स्ट्यान्डडर् प्राप्त गरेको हो ।

हाल कलेजमा १७० भन्दा धेरै विद्यार्थीहरु एसिसिएको तीन तहहरु क्रमशः स्किल, नलेज र प्रोफेसनलमा अध्ययनरत छन् । यसको साथै नेपालमा एसीसीएको लोकपि्रयता बढेसँगै धेरै भन्दा धेरै विद्यार्थीहरुले यस बारेमा चासो लिइरहेका छन् ।

रेजिकाको ताजा सफलता कलेजको लागि धेरै वर्षको मेहनत र नेपालमा शैक्षिक योग्यताकोविकासमा सर्मपित ठूलो प्रतिफल हो । महर्जनलाई सम्मान गर्ने कार्यक्रम सिने डे सेफ सिनेमामा आयोजना गरिएको थियो । जसमा द बि्रटिश कलेजका निर्देशक महेन्द्र कँडेल एसीसीए नेपालका प्रमुख रविन कटवाल, एसीसीए सल्लाहकार समितिका सदस्य पवन खड्का लगाएत द बि्रटिश कलेजका कर्मचारी र विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

एसोसिएसनका धेरै सदस्यहरुले रेजिकाको सफलतामा आफ्नो खुशी र सम्मान व्यक्त गरेका थिए । द बि्रटिश कलेजका एसीसीए कार्यक्रम प्रवन्धक अनन्त गौतमले भने, ‘नेपाल जस्तो करिब २५०० एसीसीए विद्यार्थीहरु भएको सानो देशको लागि यस्तो प्रतिभा उत्पादन गर्नु धेरै ठूलो कुरा हो यो सबै नेपाली एसीसीए विद्यार्थी, शिक्षक, एसीसीए सदस्यहरु र शिक्षा प्रदायकहरुको लागि अत्यन्तै गौरवको विषय हो ।’

कलेजका निर्देशक महेन्द्र कँडेल र कार्यक्रम प्रवन्धक गौतमले संयुक्तरुपमा द ब्रिटिश कलेजको तर्फबाट रेजिकालाई २० हजारको चेक सहित पुरस्कृत गरे र उनको अन्तिम परीक्षाको लागि शुभकामना समेत दिए ।

कार्यक्रमको अन्त्यमा रेजिकाले द ब्रिटिश कलेज र उनको एसीसीए यात्रामा सहयोग गर्ने उनका सबै शिक्षकहरुलाई धन्यवाद दिइन् र अन्य विद्यार्थी साथीहरुलाई उनको जस्तै सफलताको लागि प्रेरित गरिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?