२४ साउन, जाजरकोट । बारेकोट गाउँपालिका-१ रामीडाँडाको तलिआगर नजिकैको ढाडाखोलामा एक जना बृद्धको शव भेटिएको छ ।
सोही ठाउँका स्थानीय बासिन्दा ५१ वर्षीय धनबहदुर बुढा ढाडाखोलाको किनारामा मृत अवस्थामा फेला परेका हुन् ।
सोमबार विहान घरबाट कामका लागि निस्केका बुढा दिउँसो उक्त खोलाको किनारामा मृत भेटिएको इलाका प्रहरी कार्यालय रामीडाँडा जाजरकोटले जनाएको छ ।
बुढाको खोला तर्दै गर्दा बगेर मृत्यु भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । मृतक बुढाको शव पोष्टमार्टमका लागि सदरमुकाम खलंगामा रहेको जिल्ला अस्पताल ल्याउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।
नरेश रानामगरबाट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4