अहिले विभिन्न किसिमका कुर्तासँगै लेगिङ्स, पलाजो तथा पेन्टस्को ट्रेन्ड छ । यद्यपी यसलाई पहिरन पनि सहि तौर तरिका चाहिन्छ । कतिपय अवस्थामा सानो गल्तीले पनि हाम्रो पहिरन शैली असुहाउँदिलो देखिन सक्छ । त्यसैले पहिरन खरिद गर्दा त्यसको रंगदेखि बनौटसम्मको कम्बिनेशमा खास ख्याल गर्नुपर्छ ।
स्किन कलर चुडीदार वा लैगिन्स
कतिपयले छालाको रंगसँग मिल्ने लेगिन्स लगाउँछन् । तर, कुर्तासँग यस्तो रंगको लेगिन्स सुहाउँदैन । झट्ट हेर्दा यस्तो लाग्छ, कर्ता मुनी केही लगाइएकै छैन । त्यती मात्र होइन यस्तो लेगिन्सले लुक अनौठो देखिन्छ । फेरी यो रंगको लेगिङ्स खासै सुहाउँदैन पनि ।
पारदर्शी फेब्रिक
कुर्ताको लागि सी-थ्रु वा शीयर फेब्रिक सहि हुन्छ । यससँग अन्य जुनसुकै पहिरन फिट हुन्छ । यद्यपी सुरुवाल वा पलाजोको लागि यो पटक्कै खुल्दैन । यस्तो पारदर्शी बटम्स हाइ स्लिट कुर्तासँग अरु भद्दा देखिन्छ ।
चुडीदार वा लेगिङ्सको साथमा छोटो कुर्ता
चुडीदार वा लेगिङ्ससँग छोटा कुर्ता पटक्कै सुहाउादैन । यसले व्यक्तिको लुक नराम्रो देखाउँछ । लेगिङ्ससँग घुँडासम्म आउने वा त्यो भन्दा लामो कुर्ता आर्कषक देखिन्छ । छोटो कुर्ताको साथमा लेगिङ्स वा चुडीदार लगाउने बानी छ भने त्यो ठीक होइन ।
पटियाला वा सुरुवालका साथमा लामो कुर्ता
लामो कुर्ता लेगिङ्स वा पलाजोको साथै राम्रो देखिन्छ । पटियाला वा अन्य सुरुवालका साथ लामो कुर्तालेे लुक असुहाउँदिलो देखिन सक्छ । त्यसैले यसको साथमा छोटो कुर्ता लगाउनु नै ठिक हुन्छ ।
पलाजो तथा पटियालाको लम्बाई
जब हामी रेडिमेड पलाजो वा पटियाला खरिद गछौ, लम्बाईबारे खासै ध्यान दिदैनौ । यिनीहरुको लम्बाई यति धेरै पनि हुनु हुन्न कि भुईमा लत्रियोस् वा यति छोटो पनि कि हेर्दै नराम्रो देखियोस् ।
प्रतिक्रिया 4