+
+
Shares

अनलाइनखबरकर्मी ज्ञवाली ‘लोक पत्रकार’बाट सम्मानित

अनलाइनखबर अनलाइनखबर
२०७४ साउन २६ गते १०:२२

२६ साउन, बुटवल । अनलाइनखबर डटकमका बुटवल सम्बाददाता कपिल ज्ञवाली ‘लोक पत्रकार’बाट सम्मानित भएका छन् ।

लोकगीत, संगीत र सँस्कृतिको जगेर्ना तथा उत्थानमा पत्रकारिताको माध्यमबाट भूमिका खेलेको भन्दै उनलाई राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल रुपन्देहीले नवौं सम्मान गरेको हो ।

ज्ञवालीलाई प्रतिष्ठानका केन्द्रीसय सल्लाहकार तथा रुपन्देहीका संरक्षक खेमबहादुर हमाल, प्रदेश नम्बर ५ का संयोजक तथा केन्द्रीय सदस्य लक्ष्मण खड्का, लुम्बिनी अञ्चल अध्यक्ष डिल्लीनारायण पाण्डे, जिल्ला अध्यक्ष दीपक गरौजा लगायतले दोसल्ला, नगद तथा सम्मानपत्रबाट सम्मान गरे ।

प्रतिष्ठानले लोक पत्रकारबाट ज्ञवाली, अग्रज बाध्यवादकबाट लोकेन्द्र शाह, अग्रज कलाकारबाट ऋषि न्यौपाने र जेष्ठ आजीवन सदस्यबाट लेखबहादुर कार्कीलाई पनि सम्मान गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?