+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

बिमस्टेक ग्रिन इन्टर कनेक्सन सम्झौता छिट्टै गर्ने समझदारी

अनलाइनखबर अनलाइनखबर
२०७४ साउन २७ गते १६:५९

२७ साउन, काठमाडौं । खुला ब्यापार र ग्रिन इन्टर कनेक्सन सम्झौता छिट्टै गर्ने समझदारी गर्दै बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक)को विदेशमन्त्रीस्तरीय बैठक सकिएको छ ।

उपप्रधान एवं परराष्ट्रमन्त्री कृष्णबहादुर महराका अनुसार खुला ब्यापार, ग्रिन इन्टर कनेक्सनका साथै प्रविधि हस्तान्तरण सम्झौता छिट्टै गर्ने सहमति भएको छ । नेपालले सन् २०१९ मा उर्जामन्त्रीस्तरीय बैठक नेपालमा गर्ने प्रस्ताव गरेको छ ।

यो बैठकमा बिमस्टेक ग्रिन इन्टर कनेक्सन सम्झौता गर्ने प्रयास हुने मन्त्री महराले बताए ।

बिमस्टेक शिखर सम्मेलनको मिति भने तय हुन सकेन । चुनाव सम्पन्न भएपछि नेपालले अन्य देशसँग छलफल गरेर मिति प्रस्ताव गर्ने मन्त्री महराले बताए ।

बिमस्टेक विदेशमन्त्रीस्तरीय बैठकमा भावी कार्ययोजना बनाउन प्रबुद्ध समूह बनाउने सहमति भएको छ । गोवा रिट्रिट बैठकका निर्णय कार्यान्वयन गर्ने सहमति भएको उपप्रधान एवं परराष्ट्रमन्त्री महराले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?