+
+
Shares

खिलाडी ब्वाइको टिप्स, यसरी रहने तन्दुरुस्त र स्वस्थ्य

अनलाइनखबर अनलाइनखबर
२०७४ साउन २९ गते ११:४९


यतिबेला सिनेमा हलमा अक्षय कुमार स्टारर फिल्म ‘ट्वाइलेटः एक प्रेम कथा’ चलिरहेको छ, धुमधामसँग । कमेडी होस् वा एक्सन जस्तोसुकै भूमिकामा अक्षय जम्छन् । अक्षयको अर्को खुबी के भने, उनी डरलाग्दा स्टन्टहरु समेत गर्न पछि पर्दैनन् । हुन त उनी मार्सल आर्टका खेलाडी समेत हुन् । उमेरले ५ दशक टेक्न लागेपनि उनी फुर्तिलो र तगडा छन् ।

जति जति उमेर ढल्कदै जान्छ, अक्षय जवान र तन्दुरुस्त देखिन्छ । यसको राज हो, उनको स्वस्थ्य दिनचर्या । उनको उठ्ने र सुत्ने तालिका एकदमै नियमित छ । राती चाडै सुत्ने र बिहान सबेरै उठ्ने तालिकालाई उनले नियमपूर्वक अनुसरण गरिरहेका छन् ।

सुत्ने र उठ्ने रुटिन

अक्षय बिहान घाम उदाएसँगै उठ्छन् । साँझ घाम अस्ताउनुअघि खाना खाइसकेका हुन्छन् । उनको दिनको सुरुवात बिहान साढे पाँच बजेबाट हुन्छ । उनलाई लेट नाइट पार्टीमा जान पटक्कै रुची छैन । किनभने राती अबेरसम्म बस्ने, राती खानेकुरा खाने उनको बानी छैन । उनी सात बजेको हाराहारीमा रातको खाना खाइसकेका हुन्छन् । राती ९ बजे आफ्नो ओछ्यानमा पुगिसकेका हुन्छन् ।

रात्रीकालिन पार्टीमा नबस्ने

अक्षय कुमार रात्रीकालिन पार्टीमा बस्दैनन् । कफी विथ करणको एक शृंखलामा उनले करण जौहरसँग भनेका थिए, ‘म राती हुने पार्टीहरुमा बस्न रुचाउँदिन । किनभने मेरो ठीक समयमा सुत्ने बानी छ । राती ९ बजे मलाई ओछ्यानमा पुगिसक्नुपर्छ ।’

अनुशासित जीवनशैली, नियमित कसरत र सन्तुलित खानपान

अनुशासित जीवनशैली, नियमित कसरत, सन्तुलित आहार नै अक्षयकुमारको जीवनमन्त्र हो । उनलाई बिहान उदाउदै गरेको सूर्य हेर्न एकदमै रमाइलो लाग्छ ।

अक्षयको सल्लाह

अक्षय भन्छन्, ‘जतिसुकै व्यस्त भएपनि आफ्नो लागि समय निकाल्नुहोस् । कम्तीमा एक घण्टा व्यायाम गर्नुहोस् । यदि व्यायाम गर्न मन नलागे एक घण्टाको लागि पैदल हिँड्नुहोस् ।’

केही टिप्स

१. दैनिक आधा घण्टा हिड्ने, जिम , योगा वा डान्स गर्ने,लिˆटको सट्टामा सिढीको प्रयोग गर्ने

२. गुलियो तथा नुनिलो खाना कम खाने यदी कम गर्न सक्नुहुन्न भने कमसेकम आधा गर्ने

३. तारेको तथा मसलेदार खानेकुराबाट टाढै रहने

४. खानामा हरियो सागसब्जी तथा सलादको प्रयोग अधिक गर्ने

५. यदी तपाईको उमेर ३५ वर्ष भन्दा माथि छ भने वर्षमा कम्तिमा पनि एक पटक अनिवार्य रक्त परीक्षण गराउने

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?