+

मालिसको यो सरल विधी, जसले तपाईको शरीरलाई रोगमुक्त गराउँछ

२०७४ साउन  ३० गते १२:३३ २०७४ साउन ३० गते १२:३३
Shares
मालिसको यो सरल विधी, जसले तपाईको शरीरलाई रोगमुक्त गराउँछ


मौसम परिवर्तन, वातवारणिय प्रदूषण, गलत आहार विहार, प्रतिरक्षा प्रणालीको क्षय, असन्तुलित  भोजन, मानसिक तनाव, व्यायम र विश्रामलाई प्रश्रय नदिने जीवनशैली, कामको आपाधापी आदिले शरीरमा दोष प्रकोपलाई वढाउँछ । यो भनेको शरीरमा कमजोर, जिर्ण र रोगी हुनु हो ।
यस्तो अवस्थामा शरीरलाई दोषमुक्त बनाएर पुन स्वस्थ्य राख्नका लागि अभ्यङ्ग मालिस एकदमै प्रभावकारी हुन्छ । यसमा औषधिय गुणका तेलहरुको प्रयोग गरिन्छ । अभ्यङ मालिसले शरीरको दोष (विकार)लाई एकत्रित गरेर बाहिर निकालिन्छ । त्यसपछि शरीरमा पुर्नताजगी आउँछ ।

कसरी गर्ने ?

यो मालिस गराउन पूर्व आर्युवेदिक  चिकित्सकको परामर्श लिन जरुरी छ । चिकित्सकले अभ्यङ्ग मालिस गराउने व्यक्तिको शारीरिक तथा मानसिक प्रकृति जाँच गर्छ । पीडितको शरीरको विकृति, दोषको अवस्था, व्यक्तिको वल, वय (उमेर) र रोगको अवस्था आदिको वारेमा पूर्ण जानकारी लिनेछन् ।

त्यस अनुसार अभ्यङ्ग मालिसको प्रकार, समय, अभ्यङ्ग कला र तेलको छनौट गरिन्छ । औषधिय तेल र मालिस कलाको उत्कृष्ट संयोजनबाट मानिसको शरीरमा रहेको दोष एवं विकार हटाइन्छ ।

के हुन्छ फाइदा

अहिले हामीले जुन किसिमको अस्तव्यस्त जीवनशैली व्यतित गरिरहेका छौ, त्यसले शरीरमा रोगलाई निमन्त्रणा दिएको छ । यस्तो अवस्थामा शरीरलाई सन्तुलित र स्वस्थ्य राख्न अभ्यङ्ग मालिस अमृत समान हो ।

विशेषतः कफ तथा वात रोगहरुमा अभ्यङ्ग मालिस अत्यन्त लाभदायक छ । तर, ज्वारो आएको, घाउ खटिरा भएको, एकाएक सुन्निएको अवस्थामा अभ्यङ्ग गराउन हुँदैन ।

१. निद्रा सम्वन्धि समस्यहरु जस्तै, निद्रा नआउने, विचविचमा निद्रा टुटिरहने, गहन तथा आरमदायि निद्राको अवस्थासम्म पुग्न नसक्ने, स्वप्ना ज्यादा देख्ने, निद्रामा वरवराउने आदि समस्यमा लाभदायक छ ।

२. त्वचाको रक्तसंचारलाई वढाएर भोजनवाट प्राप्त पोषक तत्वहरु र अक्सिजनलाई तुलनात्मक  रुपले कम रक्तसंचार हुने, त्वचाको वाह्य स्थानसम्म पुर्याई पोषण गर्दछ । फलतः मृत कोषहरु हटाएर त्वचालाई सुन्दर बनाउँछ  ।

३. मल मुत्र , स्वेध जस्ता विजातिय द्रव्यहरुको निष्कासनमा सहयोग गर्दछ ।

४. जोर्नीहरुको कार्यक्षमता वढाई शारीरिक तन्दुरुस्त राख्न सहयोग गर्छ ।

५. इन्द्रियहरु निर्विकार ह’न्छन् । मांशपेसी र त्वचाको प्राकृतिक लचकता, रंग चुस्त रहन्छ  ।

६.तनाव दूर गराएर मानसिक प्रशन्नतालाई जिवन्त राख्दछ । साइकोसोम्याटिक रोगका लागि लाभदायक छ । थकावट, कमजोरी र आलस्यता दूर गर्नमा अभ्यङ्ग मालिस साहयक छ ।

७. कम उमेरमै देखा परेका बुढेसकालका लक्षणहरु जस्तै, कपाल फुल्ने , चाउरी पर्ने, त्वचाको प्राकृतिक रंग उग्लिने, हाड जोर्नीहरु खिइने, नसाहरु साँघुरिएर र रक्तचाप वढ्ने जस्ता समयस्यमा लाभकारी छ ।

८. धातु क्षयलाई रोक्दछ । ओजको सञ्चरण सूचारु गरी अनुहारमा चमक ल्याउँछ  ।

लेखक योगी नरहरिनाथ योग तथा प्राकृतिक चिकित्सा अस्पताल भरतपुर -१, वागीश्वरी, देवघाटधाम, चितवनका मेडिकल डाइरेक्टर हुन् ।

मालिस
डा. हेमराज कोइराला
लेखक
डा. हेमराज कोइराला
वरिष्ठ योग तथा प्राकृतिक चिकित्सक एवं वरिष्ठ विशेषज्ञ रिजेनेरेटिव मेडिसिन

बीएनवाईएस एमफिल (रिजेनेरेटिव मेडिसिन), पिएचडी (बायोटेक्नोलोजी अध्ययनरत) योगी नरहरिनाथ योग तथा प्राकृतिक चिकित्सालय, भरतपुर र काठमाडौं विश्वविद्यालय योग तथा प्राकृतिक चिकित्सालयमा कार्यरत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

मिर्गौला खराब हुँदा देखिने सुरुवाती ७ संकेत

मिर्गौला खराब हुँदा देखिने सुरुवाती ७ संकेत

पाठेघर नै नभएकी डाक्टर, आमा बन्ने चाहना राख्दा गुहार्नु पर्‍यो अदालत

पाठेघर नै नभएकी डाक्टर, आमा बन्ने चाहना राख्दा गुहार्नु पर्‍यो अदालत

मस्तिष्कको रहस्यमय पिनियल ग्रन्थी, जसले नियन्त्रण गर्छ चेतना

मस्तिष्कको रहस्यमय पिनियल ग्रन्थी, जसले नियन्त्रण गर्छ चेतना

स-साना कुरामा पनि तनाव भइरहनु, के यो मानसिक समस्या हो ?

स-साना कुरामा पनि तनाव भइरहनु, के यो मानसिक समस्या हो ?

राष्ट्रिय प्रत्यारोपण केन्द्रले विविध कार्यक्रम गरी मनायो विश्व मिर्गौला दिवस

राष्ट्रिय प्रत्यारोपण केन्द्रले विविध कार्यक्रम गरी मनायो विश्व मिर्गौला दिवस

विश्व मिर्गौला दिवसको अवसरमा मैत्रीपूर्ण फुटबल : अंग प्रत्यारोपितको टोली विजयी

विश्व मिर्गौला दिवसको अवसरमा मैत्रीपूर्ण फुटबल : अंग प्रत्यारोपितको टोली विजयी