+
+
Shares

मालिसको यो सरल विधी, जसले तपाईको शरीरलाई रोगमुक्त गराउँछ

अभ्यङ्ग मालिसले शरीरका सबै दोषबाट मुक्त गराउँछ

डा. हेमराज कोइराला डा. हेमराज कोइराला
२०७४ साउन ३० गते १२:३३


मौसम परिवर्तन, वातवारणिय प्रदूषण, गलत आहार विहार, प्रतिरक्षा प्रणालीको क्षय, असन्तुलित  भोजन, मानसिक तनाव, व्यायम र विश्रामलाई प्रश्रय नदिने जीवनशैली, कामको आपाधापी आदिले शरीरमा दोष प्रकोपलाई वढाउँछ । यो भनेको शरीरमा कमजोर, जिर्ण र रोगी हुनु हो ।
यस्तो अवस्थामा शरीरलाई दोषमुक्त बनाएर पुन स्वस्थ्य राख्नका लागि अभ्यङ्ग मालिस एकदमै प्रभावकारी हुन्छ । यसमा औषधिय गुणका तेलहरुको प्रयोग गरिन्छ । अभ्यङ मालिसले शरीरको दोष (विकार)लाई एकत्रित गरेर बाहिर निकालिन्छ । त्यसपछि शरीरमा पुर्नताजगी आउँछ ।

कसरी गर्ने ?

यो मालिस गराउन पूर्व आर्युवेदिक  चिकित्सकको परामर्श लिन जरुरी छ । चिकित्सकले अभ्यङ्ग मालिस गराउने व्यक्तिको शारीरिक तथा मानसिक प्रकृति जाँच गर्छ । पीडितको शरीरको विकृति, दोषको अवस्था, व्यक्तिको वल, वय (उमेर) र रोगको अवस्था आदिको वारेमा पूर्ण जानकारी लिनेछन् ।

त्यस अनुसार अभ्यङ्ग मालिसको प्रकार, समय, अभ्यङ्ग कला र तेलको छनौट गरिन्छ । औषधिय तेल र मालिस कलाको उत्कृष्ट संयोजनबाट मानिसको शरीरमा रहेको दोष एवं विकार हटाइन्छ ।

के हुन्छ फाइदा

अहिले हामीले जुन किसिमको अस्तव्यस्त जीवनशैली व्यतित गरिरहेका छौ, त्यसले शरीरमा रोगलाई निमन्त्रणा दिएको छ । यस्तो अवस्थामा शरीरलाई सन्तुलित र स्वस्थ्य राख्न अभ्यङ्ग मालिस अमृत समान हो ।

विशेषतः कफ तथा वात रोगहरुमा अभ्यङ्ग मालिस अत्यन्त लाभदायक छ । तर, ज्वारो आएको, घाउ खटिरा भएको, एकाएक सुन्निएको अवस्थामा अभ्यङ्ग गराउन हुँदैन ।

१. निद्रा सम्वन्धि समस्यहरु जस्तै, निद्रा नआउने, विचविचमा निद्रा टुटिरहने, गहन तथा आरमदायि निद्राको अवस्थासम्म पुग्न नसक्ने, स्वप्ना ज्यादा देख्ने, निद्रामा वरवराउने आदि समस्यमा लाभदायक छ ।

२. त्वचाको रक्तसंचारलाई वढाएर भोजनवाट प्राप्त पोषक तत्वहरु र अक्सिजनलाई तुलनात्मक  रुपले कम रक्तसंचार हुने, त्वचाको वाह्य स्थानसम्म पुर्याई पोषण गर्दछ । फलतः मृत कोषहरु हटाएर त्वचालाई सुन्दर बनाउँछ  ।

३. मल मुत्र , स्वेध जस्ता विजातिय द्रव्यहरुको निष्कासनमा सहयोग गर्दछ ।

४. जोर्नीहरुको कार्यक्षमता वढाई शारीरिक तन्दुरुस्त राख्न सहयोग गर्छ ।

५. इन्द्रियहरु निर्विकार ह’न्छन् । मांशपेसी र त्वचाको प्राकृतिक लचकता, रंग चुस्त रहन्छ  ।

६.तनाव दूर गराएर मानसिक प्रशन्नतालाई जिवन्त राख्दछ । साइकोसोम्याटिक रोगका लागि लाभदायक छ । थकावट, कमजोरी र आलस्यता दूर गर्नमा अभ्यङ्ग मालिस साहयक छ ।

७. कम उमेरमै देखा परेका बुढेसकालका लक्षणहरु जस्तै, कपाल फुल्ने , चाउरी पर्ने, त्वचाको प्राकृतिक रंग उग्लिने, हाड जोर्नीहरु खिइने, नसाहरु साँघुरिएर र रक्तचाप वढ्ने जस्ता समयस्यमा लाभकारी छ ।

८. धातु क्षयलाई रोक्दछ । ओजको सञ्चरण सूचारु गरी अनुहारमा चमक ल्याउँछ  ।

लेखक योगी नरहरिनाथ योग तथा प्राकृतिक चिकित्सा अस्पताल भरतपुर -१, वागीश्वरी, देवघाटधाम, चितवनका मेडिकल डाइरेक्टर हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?