Comments Add Comment

अक्षयको ‘ट्वाइलेट’ बक्स अफिसमा चम्कियो, हटेको हो त बलिउडको ग्रहण ?


चलचित्र ‘बाहुवली २’ले बक्स अफिसमा धुम नै मच्चायो । तर, यो चलचित्र रिलिज भएपछि बलिउडका कुनै पनि चलचित्रले बक्स अफिसमा राम्रो व्यापार गरेनन् । अमिताभ बच्चन, रणवीर कपुरदेखि साहरुख खान, सलमान खान जस्ता स्टारका चलचित्रले बक्स अफिसमा असफलताको स्वाद चाखे ।

एकाएक बलिउड बक्स अफिस कमजर देखियो । बलिउडमा ग्रहण लागेको चर्चा समेत भयो । तर, गत शुक्रबारदेखि रिलिज भएको चलचित्र ‘ट्वाइलेटः एक प्रेम कथा’ले भने यो ग्रहणलाई चिर्ने काम गरेको छ ।

शुक्रबारदेखि रिलिज भएको यो चलचित्रले ३ दिनमै बक्स अफिसमा ५० करोड माथिको व्यापार गरेको छ । शुक्रबार चलचित्रले १३.१० करोडको व्यापार गरेको थियो भने शनिबार १७.१० करोडको व्यापार गरेको थियो । आइतबारको बिदामा चलचित्रले २१.२५ करोडको व्यापार गर्‍यो । ३ दिनमै ५१.४५ करोडको कमाइ गरेको चलचित्र हिट हुनका लागि १२५ करोड कमाउनुपर्ने हुन्छ ।

सोमबार र मंगलबार पनि भारतमा बिदा परेकाले चलचित्रले बक्स अफिसमा कमालको व्यापार गर्ने अड्कल काटिएको छ । अक्षय कुमार र भूमी पेडकरको मुख्य भूमिका रहेको यो चलचित्रले मनोरञ्जनसँग सामाजिक कथा बोकेको छ ।

लामो समयदेखि असफलताको स्वाद चाखिरहेको बलिउडमा यो चलचित्र चलेपछि राहत मिलेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment