Comments Add Comment

चिनियाँ उपप्रधानमन्त्री वाङ काठमाडौंमा

३० साउन, काठमाडौं । चिनियाँ उपप्रधानमन्त्री वाङ याङ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका छन् । उनलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जितेन्द्रनारायण देवले स्वागत गरेका छन् ।

विमानस्थलमा अवतरणलगत्तै उनलाई सिधै होटल सोल्टीतर्फ लगिएको छ । काठमाडौं बसाइको तीन रात उनले सोही होटलमा बिताउने छन् ।

उपप्रधानमन्त्री वाङ नेतृत्वको भ्रमण टोली २१ सदस्यीय छ । परराष्ट्र मन्त्रालयले सार्वजनिक गरेको भ्रमण तालिकाअनुसार मंगलबार उपप्रधानमन्त्री वाङले समकक्षी उपप्रधान तथा स्थानीय विकास मन्त्री विजयकुमार गच्छदारसँग भेटवार्ता गर्नेछन् ।

मंगलबार नै चिनियाँ सहयोगमा पुनर्निर्माण हुने वसन्तपुरस्थित नौ तले दरबारको काम शिलान्यास गर्नेछन् । सोही दिन राजनीतिक दलका शीर्ष नेताहरुसँग भेट्ने कार्यक्रम छ ।

उनले बुधबार राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गर्ने कार्यक्रम छ । सोही दिन वाङले कीर्तिपुरस्थित आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र भ्रमण गर्ने छन् । बिहीबार उनी स्वदेश फर्किने कार्यक्रम छ ।

यो पनि पढ्नुहोस्

चीन र पाकिस्तानको सम्बन्धः महभन्दा मीठो ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment