फ्लु एक संक्रामक रोग हो, जुन खासगरी वर्षायाममा फैलन सक्छ । साथै चिसोमा पनि । यसलाई इन्फ्लुएजा पनि भन्ने गरिन्छ । एक व्यक्तिबाट दोश्रो व्यक्तिबीच सिधा सम्पर्कबाट फ्लु मानिसमा सर्ने गर्छ ।
फ्लु भाइरस संक्रामक हुने गर्छ । यस भाइरसको सबैभन्दा आम प्रकार ए र बी हो । त्यसबाहेक, एचवान्एन्वानलाई पनि फ्लु भन्ने गरिन्छ, अर्थात मौसमी रुघाखाकी । हामीलाई आफ्नो जीवनकालमा कम्तीमा एक पटक भएपनि यसको संक्रमण हुने नै गर्छ ।
के हुन्छ असर ?
फ्लु भएमा यसले स्वास नलीमा समस्या उत्पन्न गराउँछ । जसले गर्दा रुँघा लाग्ने, ज्वरो आउने, खोकी लाग्ने लगायतको समस्या देखिन्छ । कहिले कहि यसले जटिल रुप पनि लिन्छ । त्यसैले फ्लु के हो भन्ने आधारभूत जानकारी सबैलाई हुनुपर्छ ।
तर, समस्या के छ भने फ्लुबारे समाजमा अनेकन भ्रम छ । यहि भ्रमको कारण सामान्य फ्लुले पनि जटिल रुप लिने गर्छ । फ्लुबाट बच्नका लागि वर्षेनी फ्लु विरुद्धको खोप लगाउन सुझाव दिइन्छ । जबकी कतिपयलाई अझै पनि फ्लु र त्यस विरुद्धको खोपबारे राम्रो जानकारी नहुन सक्छ ।
खोपले हुन सक्छ फ्लु
खोप यस्तो असकि्रय भाइरसद्वारा बनाइन्छ, जसले संक्रमण हुन दिदैन । त्यसैले, खोपपछि सामन्य ज्वरो आउँछ र त्यो स्वभाविक हो । तर, कतिपयलाई के भ्रम छ भने खोपको कारण समस्या भयो । तर, यो सामान्य र स्वभाविक हो । खोपले कुनै हानी गरेको हुँदैन ।
स्वस्थ्य व्यक्तिलाई खोप आवश्यक छैन
यो सही हो कि दिर्घकालीन रोग भएका मानिसहरुका लागि फ्लु विरुद्धको खोप लगाइने गरिन्छ । तर स्वस्थ मानिसले पनि यस्ता खोप लगाउन सक्छन् । हाल स्वास्थ्य सम्बन्धि जारी गाइडलाइन अनुसार यस्ता खोप छ महिनाका शिशुदेखि १९ वर्षसम्मका युवा, गर्भवती महिला तथा ४९ वर्ष कटेका मानिसहरुलाई समेत लगाउन सकिन्छ ।
खोपका साईडइफेक्ट
यो खोपको साइड इफेक्ट हुन्छ । फ्लुबाट बच्नको लागि हामी खोप त लगाउँछौ । तर कहिलेकाही यसको दुष्प्रभाव पनि हुने गर्छ । तर, डर नमान्नुपर्ने कारण चाहि यो छ कि, खोपको साइडइफेक्ट त्यती भयावह हुँदैन ।
खोप लगाउँदा पिडा
यस्तो खोपको प्रमुख साइडइफेक्ट मध्ये एउटा इफेक्ट भनेको खोप लगाएको ठाउँमा पिडा हुनु हो । खोप लगाएपछि उक्त ठाउँ रातो हुने, ससाना विमिरा आउने, सुनिने, दुख्ने लगायतका समस्या हुने गर्छ । तर यसको खासै दिर्घकालीन असर भने हुदैन, खोप लगाएको एक-दुई दिनमा यस्ता समस्या आफै ठीक भएर जान्छ ।
मांसपेशीकेा दुखाई
यस्ता खोप यदी कडा मांसपेशीमा लगाइएको छ भने, त्यसको दुखाई पनि लामो समयसम्म रहन्छ । यसले गर्दा धेरै पटक खोप लगाइसकेपछि मांसपेशीहरु दुख्ने गर्छ । यस्ता दुखाई असहय त हुँदैन । यद्यपी, उक्त दुखाई बढ्दै गएमा पेनकिलर लिन सकिन्छ ।
प्रतिक्रिया 4