३२ साउन, काठमाडौं । मुलुकमा पछिल्लो आठ महिनामा प्राकृतिक प्रकोपमा परेर ३ सय ४६ जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा हालैको बाढीपहिरोमा ज्यान गुमाएका एक सय २८ जनाको संख्यासमेत जोडिएको छ ।
पछिल्लोपटक शुक्रबार, शनिबार र आइतबार आएको बाढीपहिरोमा परेर २६ जिल्लामा एक सय २८ जनाको ज्यान गइसकेको छ ।
गृहमन्त्रालयको विपद्सम्बन्धी तथ्यांकअनुसार आठ महिनाको अवधिमा मुलुकभर एक हजार ६ सय ७९ वटा विपदका घटना भएका छन् ।
यी घटनामा एक अर्ब ८८ करोड रुपैयाँबराबरको भौतिक क्षति भएको छ भने १७ हजार घरपरिवार विस्थापित भएका छन् । बाढी र पहिरोबाट यतिधेरै क्षति हुनुको कारण पूर्वतयारी नहुनु नै मुख्य कारण रहेको आजको नागरिक दैनिकमा खबर छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4