Comments Add Comment

भैरहवा भन्सारका अधिकृतसहित चार कर्मचारी विभागमा तानिए

३२ साउन, भैरहवा । भैरहवा भन्सार कार्यालयका अधिकृतसहित चार कर्मचारी भन्सार विभागमा तानिएका छन् । एउटै प्रज्ञापन पत्रबाट दुई वटा गाडी बाहिरिएको भेटिएपछि विभागले ४ कर्मचारीलाई विभागमा तानेको हो ।

भन्सार अधिकृत मान बहादुर विश्वकर्मासहित नासु सुबास शर्मा, खरिदारद्धय अतुल शर्मा र विनय जोशीसँग विभागले स्पष्टीकरण पनि सोधेको स्रोतले बताएको छ ।

कर्मचारीकै मिलोमतोमा अनियमिता भएको घटना सार्वजनिक भएपछि भन्सार विभागले निर्देशक दिव्या पोखरेलको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको छ ।

पोखरेल नेतृत्वको छानबिन टोली भैरहवा पुगेर आफ्नो आफ्नो काम थालेको छ । छानविन टोलीलाई एक हप्ताभित्र घटनाको छानबिन गरेर प्रतिवेदन बुझाउन भनिएको छ ।

एजेण्टको लाइसेन्स निलम्बन

यसैबीच भैरहवा भन्सार कार्यालयले ना ४ ख ४१२६ नम्बरको ट्रकको भन्सार पास गराउने एजेण्ट जगतराज दाहालको लाइसेन्स निलम्बन गरेको छ । दाहालको ४७५ नम्बरको लाइसेन्स ६ महिनाको लागि निलम्बन गरिएको भन्सारका सूचना अधिकृत गोपाल भट्टराईले जानकारी दिए ।

भन्सारको बदमासी थाहा पाएर भन्सार प्रमुख भुपालराज शाक्यलाई ना ४ ख ४१२६ नम्बर ट्रकमा रहेको साम्रगीको विषयमा सोधपुछ गर्दा सबै ठिक रहेको भन्दै पन्छिन् खोजेका थिए । त्यसबेला उनले ट्रकमा लोड रहेका सबै साम्रगी चेकजाँच गरिएको र आयतकर्ताले करिब ८ लाख राजश्व बुझाएको प्रतिक्रिया दिएका थिए ।

कर्मचारीहरुले सुरुमा ४० हजार राजश्व बुझाएको किर्ते प्रज्ञापन पत्र तयार गरेका थिए तर, राजश्व बुझाएको प्रज्ञापन पत्र सञ्चारकर्मीले माग गर्दा देखाउन नमानेका प्रमुख शाक्ले केही समयपछि अर्को ८ लाख राजश्व बुझाएको कर्ते प्रज्ञापन पत्र तयार गराएर देखाएका थिए । तर, उक्त प्रज्ञापन पत्रमा उल्लेख रहेको एम नम्बरबाट ना ६ ख ५६३५ नम्बरको अर्को ट्रकमा रहेको साम्रगी भन्सार कार्यालयले भन्सार गरेर पठाइसकेको थियो ।

ना ६ ख ५६३५ नम्बरको ट्रकमा रहेको साम्रगी राजश्व बुझाएको विवरण भन्सार कार्यालयको कम्पुयटर दाखिला भएको देखिएपनि किर्ते प्रज्ञापन पत्र तयार पारिएको ना ४ ख ४१२६ नम्बरको ट्रकमा रहेको साम्रगीको राजश्व बुझाएको कुनै विवरण भन्सारको कम्प्युटरमा दाखिला भएको छैन ।

यस्ता गाडीको भन्सारले कुनै चेकजाँच नगर्ने गरेको ना ४ ख ४१२६ नम्बर ट्रकमा चेकजाँच गर्दा पुष्टि भएको छ । भन्साले ट्रकमा पर्दा कपडा, वुलन टप रहेको भनिएपनि जाँज गर्दा हार्डवयर, सिडी चक्का, लेडिज सुट, लगायतका ट्रकमा २६ किसिमका करिब ५३ लाखको साम्रगी फेला परेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment