+
+
Shares

लण्डनमा पूनमको पहिरनको चर्चा

अनलाइनखबर अनलाइनखबर
२०७४ भदौ ६ गते ११:१३


लण्डनको फुलहामस्थित चेल्सी फुटबल क्लब स्टेडियमको एक प्रेक्षालयमा आयोजना भएको फेसन शोमा नेपाली पहिरनले चर्चा पाएको छ । ‘एसएम ग्लोबल क्याटवाक फेसन रिभोलुसन लन्डन’मा डिजाइनर पूनम गौतमले तयार पारेका नेपाली पोशाकले स्थान जमाएका छन् ।

न्यूयोर्कबाट लन्डन पुगेको एक समुहले विभिन्न देशका डिजाइनरका पोशाक प्रदर्शन गरिरहँदा नेपालको प्रतिनिधित्व गरेकी डिजाइनर पूनम गौतम हाइलाइटमा रहिन् ।

पूनमले स्टेजमा पुगेर मन्तव्य दिने क्रममा आफ्नो देश र पोशाकको बारेमा जानकारी गराएकी थिइन् । १२ जना महिला मोडलले १२ वटा डिजाइनमा क्याटवाक गरेका थिए । पुरुषहरुले भने व्राम्हण, क्षेत्री, नेवार, गुरुङ, तामाङ, सुनुवार, राउटे, लाखे ड्रेसमा स्टेज नाप्दा माहोल फरक भएको थियो ।

महिला मोडलहरुले भने नेवार, थारु, राउटे आदि जातीका ‘फ्यूजन ड्रेस’ प्रस्तुत गरेका थिए । अरु डिजाइनरले महिलालाइ मात्र र्‍याम्पमा उतार्दा पूनमको डिजाइनमा भने महिला र पुरुष मोडल नै र्‍याम्पमा उत्रिएका थिए ।

पूनमले फेसन शो पछि भनिन्-‘मेरो उद्देश्य लूगा वेच्ने होइन । विभिन्न देशमा गएर नेपाल र नेपाली राष्ट्रियता झल्काउनु हो । नेपालीले नेपाली समुदायभित्र होइन, विदेशीमाझ विदेशी मोडलबाटै देखाउँदा हाम्रो कल्चरल ड्रेसको महत्व झनै बढेर जान्छ ।’ पूनमले आगामी फ्रेवुअरीमा पनि दुबइमा आयोजना हुने फेशन शोमा नेपाली संकृती झल्कने पहिरन प्रस्तुत गर्ने बताएकी छिन् ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?