६ भदौ, डडेल्धुरा । पर्शुराम नगरपालिकामा विद्युत् करेन्ट लागेर एक जना कामदारको मंगलबार बिहान मृत्यु भएको छ ।
कैलाली, हसुलिया घर भएका र केही दिनदेखि नेपाली सेनाको शिविर निर्माण गर्नका लागि नगरपालिकाको जोगबुढा आएका कामदार ३५ वर्षीय सुन्दर चौधरीको मंगलबार बिहान करेन्ट लागी मृत्यु भएको इलाका प्रहरी कार्यालय जोगबुढाका प्रहरी निरीक्षक गोविन्दसिंह बोहराले जानकारी दिए ।
चौधरीको शव परीक्षणका लागि जोगबुढा अस्पतालमा राखिएको छ । चौधरी केही दिनदेखि कामको सिलसिलामा जोगबुढा पुगेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4