+
+
Shares

पशुपतिमा तीजको रमझम (फोटो फिचर)

विकास श्रेष्ठ विकास श्रेष्ठ
२०७४ भदौ ८ गते १२:१७

८ भदौ, काठमाडौं । हिन्दु नेपाली महिलाहरु हरितालिका तीज पर्व हर्ष उल्लासका साथ मनाइरहेका छन् ।

तीजमा व्रत बसेर शिव पार्वतीको पूजा गरेमा सौभाग्य मिल्ने धार्मिक विश्वास छ । यही विश्वासका साथ पशुपतिनाथ मन्दिर लगायतका देशभरका शिवालयहरुमा व्रतालुहरुको घुइँचो लागेको छ ।

पशुपतिनाथ मन्दिरमा व्रतालु महिलाहरु तीजको गीत गाउँदै नाचगान गरिरहेका छन् । रंगीबिरंगी बस्त्रमा सजिएका महिलाहरुको छुट्टै तामझाम छ ।

तीजलाई साथीसंगी र माइती पक्षसँग भेटेर मनको बह पोख्ने तथा रमाइलो गर्ने चाडको रुपमा पनि लिइन्छ ।

हेर्नुहोस् पशुपतिनाथ मन्दिर परिसरका केही तस्वीर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?