+
+
Shares

मोटरसाइकलले ठक्करबाट एक यात्रुको मृत्यु

रासस रासस
२०७४ भदौ ८ गते १२:३६

८ भदौ, काठमाडौँ। पुरानो बसपार्कअघि एक मोटरसाइकलको ठक्करबाट घाइते बनेका यात्रुको उपचारका क्रममा मृत्यु भएको छ ।

बिहीबार बिहान ५ बजे बा८३ प ५७८७ नंको मोटरसाइकलको ठक्करबाट शंखरापुर नगरपालिका-९ का ४५ वर्षीय हरि थापा घाइते भएका थिए ।  वीर अस्पताल ट्रमा सेन्टरमा उपचार हुँदाहुँदै उनको निधन भएको महानगरीय ट्राफिक प्रहरी वृत्त दरबारमार्गका प्रहरी निरीक्षक सुनिलजंग शाहले जानकारी दिए ।

मोटरसाइकल चालक भक्तपुर चाँगुनारायण नगरपालिकाका २८ वर्षीय योगेन्द्र तामाङको पनि ट्रमा सेन्टरमा उपचार भइरहेको छ । पुरानो बसपार्कमा भ्यू टावर निर्माण गर्न थालेपछि खुला मञ्चमा बसपार्क सारिएपछि बसपार्क अव्यवस्थित बनेको यात्रुहरुको गुनासो छ ।

सारिएको बसपार्क कालोपत्र गरेको एक वर्ष पनि नपुग्दै भत्किएर खाल्डाखुल्डी बनेको छ । वीर अस्पताल अघिको बसपार्कमा मोटरसाइकल, कारलगायत निजी सवारीसाधन पनि प्रवेश गर्न दिँदा दुर्घटना बढ्ने खतरा रहेको यात्रु बलराम महर्जनले बताए ।

बसपार्कमा पेटी पनि नहुँदा बस कुरेर बस्ने यात्रुलाई पनि ठक्कर दिने सम्भावना बढेको छ । बसपार्कमा कालोपत्र गरेको एक वर्ष पनि नपुग्दै खाल्डाखुल्डी परेकाले कसले पुनः निर्माण गर्ने भन्ने विषयमा छलफल भइरहेको काठमाडौँ महानगरपालिका राजश्व विभागका उपप्रमुख महेश काफ्लेले बताए ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?