+
+
Shares

जोगवनीको बिकल्पमा भण्टाबारी नाका प्रयोग गर्ने सहमति

ध्रुव भट्टराई ध्रुव भट्टराई
२०७४ भदौ ८ गते १२:४४

८ भदौ, बिराटनगर । वर्षापछिको बाढी र कटानका कारण भारतको जोगवनी नाका ठप्प भएपछि औद्योगिक सामान आयात-निर्यातका लागि भारतको भीमनगर हुदै सुनसरीको भण्टावारी नाका प्रयोग ल्याइएको छ ।

भारत विहारको फारवीसगञ्ज-जोगवनी सडक मार्गमा पर्ने परमान नदीको मीरगञ्ज पुल बाढीले भत्किएपछि वैकल्पिक मार्गका लागि यो नाका प्रयोगमा ल्याइएको हो ।

नेपाल र भारतका अधिकारीबीच आजदेखि सुनसरीको भन्टाबारी-भीमनगर नाकालाई वैकल्पिक नाकाको रुपमा प्रयोग गर्ने सहमति भएको उद्योग संगठनका वरिष्ठ उपाध्यक्ष भीम घिमिरेले जानकारी दिए ।

उद्योग संगठन मोरङ र मोरङ व्यापार संघको संयुक्त पहलमा नेपाल-भारतबीचको छलफल तथाख भन्सार बिभागको सहमतिपछि वैकल्पिक मार्गका रुपमा भारतको भीमनगर हुदै सुनसरीको भेन्टावारी नाका प्रयोग ल्याइएको घिमिरेले जानकारी दिए ।

भारत तथा तेस्रो मुलुकको आयात निर्यातका लागि मेरुदण्डको रुपमा रहेको विराटनगर नाकामा पुल नबनेसम्मका लागि भन्दै भारत प्रशासनले बन्द गराएको छ । नाका बन्द भएका कारण सुनसरी र मोरङका उद्योगलाई कच्चा पदार्थ तथा उत्पादित वस्तु वोकेका सयौ कन्टेनर वाटैमा अलपत्र परेका थिए भने नेपालवाट उत्पादित वस्तुहरुपनि भारत लगायत तेश्रो मुलुक निर्यात गर्न समस्या हुदै आएको थियो ।

मोरङ व्यापार संघका वरिष्ठ उपाध्यक्ष प्रकास मुन्दडाले परिपत्रमा निकासी-पैठारी हुने मालवस्तु ढुवानी गर्ने सवारी साधनको आवागमन, प्रवेश, भौतिक परीक्षण, जाँचपास तथा बहिर्गमनजस्ता भन्सार प्रक्रिया सवै विराटनगर भन्सारमा हुने र आर्यात निर्यात गरिएको वस्तु चेकजाँच मात्र दुवै तर्फका भन्सार अधिकारीले भीमनगर र नेपाल तर्फ भेन्टावारीमा गरिने छ । जोगवनी हुदै विराटनगर भन्सारवाट वस्तु आर्यात निर्यातमा वैकल्पिक मार्ग भीमनगर-भेन्टावारी करिव ७० किलोमिटर थप दूरी लाग्ने उद्योगी व्यसायीको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?