+
+
Shares

‘क्रोधी’को ‘प्रशंसा’ सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०७४ भदौ ८ गते १३:३८


गीतकार किरण केसी ‘क्रोधी’को दोश्रो एल्बम ‘प्रशंसा’ सार्वजनिक भएको छ । हाँस्य कलाकार जोडी मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्यको साथमा गायक रामकृष्ण ढकाल, गीतकार एसपी कोइराला, श्रीपुरुष ढकाल, पत्रकार पुस्कललाल श्रेष्ठ, गीतकार आनन्द अधिकारी, संगीतकार आलोक श्री लगायतले एकसाथ एल्बमको विमोचन गरेका थिए ।

सात बर्ष अगाडि गीतकार केसीले ‘प्रतिष्ठा’ नामक एल्बम बजारमा ल्याएका थिए । गीतकारले सदैब आफू संगीतमा नै लाग्ने बताए । यो एल्बममा १२ वटा गीत समावेश गरिएको छ ।

एल्बममा रामकृष्ण ढकाल, राजेशपायल राइ, जगदिश हमाल, दिपक लिम्बु, सहिमा श्रेष्ठ लगायतको स्वर छ । गायिका सहिमाले एल्बम बिमोचन समारोहमा ‘कुनै दिन यो दृष्टी’ बोलको गीत गाएकी थिइन् । कार्यक्रममा संगीतकार केसीले चलचित्र कलाकार संघलाइ नगद १५ हजार पनि सहयोग गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?