प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘ऐश्वर्य’को प्रचार प्रचारमा जुटेका नायक एवं निर्माता रमेश उप्रेती अहिले मख्ख छन् । कारण गीत हेर्नेहरुले उनको चलचित्रमा अभिनय गरेकी नायिकाको प्रशंसा खुबै गरेका छन् ।
मोडल दीपिका प्रसाइलाई मुख्य भुमिकामा अभिनय गराउने तयारी गर्दासम्म रमेशले दीपिकाको यति धेरै प्रशंसा होला भनेर सोचेका थिएनन् जब चलचित्र बनाउने तयारी सुरु भयो, निर्देशक दिवाकर भट्टराई लगायतले अडिसनको तयारी गरे । रमेशले निर्देशक लगायत अडिसन टोलीलाई कलाकारको छनोटमा स्वतन्त्र छोडिदिए । ‘म अडिसनमा बसिनँ, कस्तो कलाकार लिने कसलाई अभिनय गराउने, निर्णयको सर्वाधिकार निर्देशकमै छाडेको थिएँ ।’ रमेशले भने ।
एक सय हाराहारी कलाकारको अडिसन लिने क्रममा सिनेमाटोग्राफर सुदिप बरालले रमेशसँग कुरा गरे । ‘मलाई केही भन्नु पर्दैन तपाइहरु आफै कुरा गर्नुहोस् ।’ रमेशले त्यसो भनेपछि दीपिका अडिसनबाट छानिइन् ।
रमेश र दीपिकाको पहिलो भेट चलचित्रमा सम्झौता गर्ने वेला भएको थियो । कुराकानी केही पनि भएन । मात्रै रमेशले भने-‘राम्रोसँग काम गर्नु, अल द वेष्ट ।’
जब सुटिङ सुरु भयो । दीपिका र रमेशविचमा खास कुरा भएन । रमेशको अगाडि दीपिका नर्भस जस्तै थिइन् । पारिवारिक वातावरणका लागि छायांकन टिमले सहजिकरण गर्यो । त्यसपछि भने वातावरण केही सहज भयो ।
सुटिङको सन्दर्भ सम्झदै रमेश भन्छन्-‘दीपिकामा कामप्रतिको जुन खालको लगाव छ, थोरै युवतीमा मात्रै त्यस्तो लगाव देखिन्छ ।’ अस्पतालको दृष्यको सुटिङ गर्दा एउटा रात मेकअप गरेरै बिताइन् दीपिकाले । रातभरि सुटिङ नहुँदा दीपिका रिसाउने पो हुन् कि भन्ने पिर रमेशमा परेको थियो । तर, उनले कुनै झन्झट मानिन् । अर्को रात पनि त्यस्तै भयो । मेकअप गरेर बसिन् तर, सुटिङ बिहान मात्रै भयो ।
दीपिकाको स्त्रिmन फेशवाट प्रभावित रमेशलाई लाग्छ कि, उनको लुक्सले दर्शकलाई पनि प्रभावित पार्छ । अन्य नायिकाको तुलनामा फरक देखिने दीपिका अग्ली पनि छिन् ।
कात्तिक २ गतेबाट रिलिज हुने लागेको चलचित्र ‘ऐश्वर्य’को एउटा गीतबाटै दीपिका दर्शकमाझ नोटिस भैसकेकी छिन् । जसलेगर्दा, रमेश उप्रेतीलाइ चलचित्र प्रचारमा अझ सहज हुने विश्वास छ ।
प्रतिक्रिया 4