९ भदौ, विराटनगर । बाढीका कारण सुनसरी-मोरङ औद्योगिक करिडोरका उद्योगहरू प्रभावित भएका छन् । एक साताअघि आएको बाढी र डुबानका कारण औद्योगिक करिडोरका अधिकांश उद्योगको उत्पादनमा नै कमी आएको छ ।
विपत्तिले उद्योगको मुख्य प्लान्टमै क्षति पुर्याएका कारण उद्योगहरूको उत्पादन क्षमता प्रभावित भएको हो । बाढीको भेल नै उद्योगमा पसेपछि कतिपय उद्योगहरु बन्द हुने अवस्थामा पुुगेका छन् ।
बाढी र डुबानका कारण औद्योगिक उत्पादनमा ५० देखि ८० प्रतिशतसम्म कटौती आएको व्यवसायीहरूले बताएका छन् ।
सुनसरी-मोरङ औद्योगिक करिडोर क्षेत्रमा सञ्चालित अरिहान्त मल्टिीफेवरेज लिमिटेडले बाढी र डुवानपछि वस्तु उत्पादनमा कटौति गरेका छ ।
जुटको तयारी सामग्री उत्पादन गर्ने उक्त उद्योगले अहिले कुल क्षमताको ५५ प्रतिशत मात्र वस्तु उत्पादन गदै आएको बताएको छ । उद्योग प्रशासनका अनुसार उक्त उद्योगले दैनिक ८० टन जुटका तयारी वस्तु उत्पादन गदै आएको थियो ।
उद्योग सञ्चालन गर्नै धौधौ भएपछि कतिपय उद्योगमा कार्यरत् कामदार प्रभावित भएका छन् । उद्योगका प्रवन्धक गोविन्द वजगाईका अनुसार उद्योग पुर्णरुपमा सञ्चालनमा आउन अझै दुई साता भन्दा बढी लाग्छ ।
‘उद्योगको प्लाटदेखि मेशिनरीमा पानी पसेर क्षति पुर्याएको छ,’ उनले भने, ‘१२ टनवाट उत्पादन थालेर अहिले वल्ल ५५ टन वस्तु उत्पादन गर्न सक्ने भएका छौं ‘
बाढी र डुवानले उद्योगमा कच्चा पदार्थदेखि तयारी अवस्थाका सामग्री र मेसनरीमा गरी ४ करोड रुपैयाँको हाराहारीमा क्षति पुगेको बजगाइँले बताए ।
सुनसरी-मोरङ औद्योगिक करिडोर क्षेत्रका अधिकांस ठुला उद्योगहरुको अवस्था अहिले अरिहान्तकै जस्तो रहेको छ ।
त्यस्तै, उद्योगका मुख्य प्लान्टमा नै पानी पसेर बन्द भएको मोरङको कटहरीमा रहेको वन टु थ्री चाउचाउ उद्योगले नियमित सञ्चालनका लागि सरसफाइ गरिरहेको छ ।
क्वालीटी वाइल्ड डिफाइनरीका प्रवन्धक निर्देशक बिपिन काव्राले डुबानले उद्योगको मेसनरीमा ठूलो क्षति पुर्याएकाले नियमित सञ्चालन गर्न नसकिएको बताए । उनले भने, ‘उद्योगको प्लान्टमा तीन फिटसम्म पानी जमेको छ,’ डुबानले करोडौं रुपैयाँ मूल्यका कच्चा पदार्थ तथा सामग्री नष्ट गरेको उनले बताए ।
उद्योग संगठन मोरङका अनुसार वाढी र डुवानका कारण सुनसरी-मोरङ करिडोर र त्यस आसपासका क्षेत्रमा रहेका ठुला उद्योगहरूमा १ अर्व ४५ करोड रुपैयाँको नोक्सानी भएको छ ।
कार्यालयका अनुसार उद्योगको मुख्य प्लान्ट र मेशिनरीमा मात्र ८० करोड रुपैयाँ बराबरको क्षति हुन पुगेको छ । त्यसै गरी उत्पादित वस्तुमा २० करोड रुपैयाँ र कच्चा पदार्थमा २३ करोड रुपैयाँ बारबरको नोक्सानी भएको जनाएको छ ।
सुनसरी-मोरङ औद्योगिक करिडोरमा ६ सय ६५ उद्योग सञ्चालनमा छन् । जसमध्ये १ सय ५० ठुला उद्योग र अन्य मझौला उद्योग छन् । ती उद्योगहरूमा करीव ५ अर्ब रुपैयाँ लगानी रहेको व्यवसायी बताउँछन् ।
उपभोग्य वस्तुको अभाव
बाढी र डुबानका कारण यस क्षेत्रका उद्योगीहरू चिन्तित देखिएका छन् । बाढीका कारण सडक लगायतका पूर्वाधारमा क्षति पुर्याउँदा वस्तु आयात -निर्यातमा समस्या भएको व्यवसायीहरू बताउँछन् ।
गत आइतबारदेखि सीमावर्ती भारतीय बजार जोगबनीबाट पाँच किलोमिटर दक्षिणमा रहेको मिरगञ्ज खोलाको पुल क्षतिग्रस्त हुँदा विराटनगर नाकाबाट हुने आयात र निर्यात ठप्प भएको छ । पुल एक तिहाई भागबाट १० इन्च भास्सिएपछि त्यहाँबाट आवत -जावत ठप्प भएको हो ।
विराटनगर नाकावाट सामान आयात हुन नसक्दा अहिले पुर्वाञ्चलमा औद्योगिक कच्चा पदार्थ, पेट्रोलियम पदार्थ, औषधी लगायतका वस्तुको अभाव शुरु हुन थालेको छ ।
ठूला कन्टेनर आवत -जावतमा ठप्प भएपछि मेशिनरी औजार मगाउन र मर्मत गर्न समेत नपाएको अरिहान्त मल्टिीफेवरेज लिमिटेडले प्रवन्धक गोविन्द वजगाईले बताए । पुलमा क्षति पुगेका कारण विहार सरकारले आवत -जावतमा रोक लगाएपछि सामान आयात -निर्यात प्रभावित भएको हो ।
यसले उद्योग सञ्चालन गर्न कठिन भएको व्यवसायी बताउँछन् । ‘बाढी र डुबानपछि उद्योगमा कच्चा पदार्थ बाटैमा रोकिएका छन्,’ आरती स्ट्रीप्स प्रालिका प्रशासनिक प्रमुख दिवस नेपालले भने ।
उद्योग संगठन मोरङका वरिष्ठ उपाध्यक्ष भिम घिमिरेले पुलमा क्षति पुगेपछि वैकल्पिक मार्गबाट कच्चा पदार्थ ल्याउने पहल भइरहेको बताए । सुनसरीको भेन्टावारी नाका सुचारु गर्नेगरी पहल भइरहेको उनले बताए ।
त्यसका लागि नेपाल सरकारले भारत सरकारलाई अनुमति प्रदानका लागि पत्र पठाउने तयारी भइरहेको उनले बताए । वीरगञ्ज र भैरहवापछि बढी सामान भित्रिने नाकामा विराटनगर पर्छ ।
प्रतिक्रिया 4