+
+

पहिलो महिना नै घट्यो लक्ष्यभन्दा राजस्व संकलन, उठ्यो ४६ अर्ब

अनलाइनखबर अनलाइनखबर
२०७४ भदौ ९ गते १३:४४

 


९ भदौ, काठमाडौं । सरकारले चालु आर्थिक वर्ष २०७४/७५ को पहिलो महिना (साउनमा) ५३ अर्ब राजस्व संकलन गर्ने उदेश्य लिएकोमा सो पुरा हुन सकेन ।

‘तराईमा बाढिको प्रभावको कारण भन्सार कार्यालयहरु समेत डुवानमा परे, भारतले जीएसटी लागु गरेसँगै त्यसआधारमा राजस्व संकलनमा सुरुमा केही समस्या देखिएको कारण र विराट नगर लगायतका क्षेत्रबाट हुने आयातमा रुट परिवर्तनले केही समस्या परेको हो,’ व्यवस्थापिका संसदको लेखा समितिमा भएको छलफलमा अर्थमन्त्रालयका राजस्व सचिव शिशिर कुमार ढुंगानाले भने ।

सरकारले पहिलो महिना मात्रै ४६ अर्ब राजस्व संकलन गर्न सकेको हो । दोस्रो महिना भदौंमा पनि राजस्व संकलनमा भने केही कमि आउने अनुमान सचिव ढुंगानाको रहेको छ ।

भदौंमा २६ अर्ब राजस्व संकलन गर्ने लक्ष्य रहेको छ । तर महत्वपूर्ण भन्सार नाकामा समस्या आएकोले राजस्व संकलन प्रभावित पर्ने सम्भावना देखिएको हो । विराटनगर भन्सारबाट दैनिक ५० करोड राजस्व संकलन हुने गरेकोमा हाल दैनिक २६ करोडको हाराहारीमा मात्रै राजस्व संकलन भइरहेकोले समस्या हुने देखिएको हो ।

रेलमार्गबाट हुने आयातमा पनि समस्या भएकोले पनि भदौंमा पनि राजस्व लक्ष्य अनुसार नउठ्ने देखिएको हो । तर, वर्ष अन्त्यसम्ममा भने ७ खर्ब ३० अर्बको राजस्व लक्ष्य नाघ्ने सरकारी प्रक्षेपण छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?