Comments Add Comment

ढुंगा हान्नेलाई माधव नेपालको सुझाव- आउने चुनावमा जमानत जोगाउन लाग्नुस्

माधव नेपाल सहभागी कार्यक्रममा राजपा कार्यकर्ताद्धारा ढुंगा प्रहार

 

१३ भदौ, जनकपुर । प्रदेश नम्बर २ का अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्न जनकपुर पुगेका एमाले बरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले राजपालाई आउने चुनावमा जमानत जोगाउनेतर्फ केन्द्रित हुन सुझाव दिएका छन् ।

आफू विरुद्ध नाराबाजी गर्दै ढुंगा प्रहार गर्ने राजपा कार्यकर्ताहरुलाई संकेत गर्दै नेपालले भने- ‘मधेस एमालेको जन्मभूमी र कर्मभूमि हो । अरुलाई निषेध गरेर कसैको राजनीति सफल हुँदैन । हामीलाई रोक्न खोज्नेहरुले आउने चुनावमा २ नम्बर प्रदेशमा जमानत जोगाउनतर्फ लागे बेस हुन्छ ।’

नेपालले सम्बोधन गरिरहादा जनकपुरको पिडारी चोकमा राजपाका जिल्ला नेताहरुको नेतृत्वमा नाराबाजी र ढुंगामुढा गरिएको थियो । उनीहरुले एमाले र माधव नेपाल विरुद्ध नारा लगाउँदै टायरसमेत बालेका थिए ।

अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै एमाले पोलिटव्यूरो सदस्य तथा धनुषाका सांसद शत्रुघन महतोले मुठि्ठभर व्यक्तिले ढुंगा हान्दैमा र कालोझण्डा देखाउदैमा एमालेको अभियान नरोकिने बताए । उनले मधेशमा एमालेलाई बढार्छौं भनेर कुचो बोकेर हिड्नेहरुलाई असोज २ गते मधेशी जनताले बढार्ने बताए ।

यसअघि बरिष्ठ नेता नेपाललाई राजपा कार्यकर्ताले अवरोध प्रयास गरेका थिए । नेपाललाई रामानन्द चोकमा भेला भएका राजपा कार्यकर्ताले कालोझण्डा देखाउँदै ढुंगा प्रहार गरेका थिए ।

२ नम्बर प्रदेशको चुनावलाई लक्षित गरेर एमालेले अगुवा कार्यकर्ता भेला आयोजना गरेको हो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment