+
+
Shares

डीआइजी नवराज सिलवालको सुनुवाई बृहत पूर्ण इजलासमा हुँदै

अनलाइनखबर अनलाइनखबर
२०७४ भदौ १५ गते ९:४८
नवराज सिलवाल

१५ भदौ,काठमाडौं । आफूभन्दा कनिष्ठलाई आर्इजीपी नियुक्त गरेको भन्दै सर्वोच्च अदालतमा रिट दायर गरेका डीआईजी नवराज सिलवालको मुद्दामा विहीबार अन्तिम सुनुवाई हुने भएको छ ।

सर्वोच्च अदालतको बृहत पूर्ण इजलासमा सुनुनवाई तोकिएको हो ।

बृहत पूर्ण इजलासमा प्रधानन्यायाधीश गोपालप्रसाद पराजुली, न्यायाधीशहरु ओमप्रकाश मिश्र, केदारप्रसाद चालिसे, सारदाप्रसाद घिमिरे, मीरा खड्का, प्रकाशमान सिंह राउत र पुरुषोत्तम भण्डारी छन् ।

लामो समयदेखि हेर्दा हेर्दैमा रहेको नवराज सिलवालका मुद्दामा दुवै पक्षका अधिवक्ताहरुको बहस सकिएको छ । यसअघि नेपाल सरकार र आईजीपी प्रकाश अर्याल तर्फका अधिवक्ताहरुको बहस गरेका थिए ।

विहीबार रीट निवेदक डीआईजी नवराज सिलवाल वकिलहरु शम्भु थापा,टीकाराम भट्टराई लगायलते प्रत्युत्तर दिएपछि सुनुवार्इ समाप्त हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?