+
+
Shares

गण्डकी विकासको विरगञ्ज र पोखरामा नयाँ शाखा

अनलाइनखबर अनलाइनखबर
२०७४ भदौ १५ गते १६:१८

१५ भदौं, काठमाडौं । गण्डकी विकास बैकले पोखराको चाउथे र विरगंज शाखावाट कारोवार शुभारम्भ गरेको छ । यी सहित वैकको कुल शाखा संख्या ५३ वटा पुगेका छन ।

बैकका सवै शाखाबाट निक्षेप संकलन, कर्जा प्रवाहका साथै एबीबीएस, एटिएम, एसएमएस, मोवाइल बैंकिङ, रेमिटेन्स सेवासहितको पूर्ण बैंकिङ सेवा सञ्चालन गरिएको छ । निकट भविष्यमा नै विर्तामोड, विराटनगर, गोगंबु, र अमुवाबाट शाखा सञ्चालन गर्ने तयारी भइरहेको छ ।

बैंकले आ.व. २०७३/७४ मा संचालन मुनाफा रु. ८५ करोड आर्जन गर्न सफल भएको छ । सोही अवधीसम्म निक्षेप संकलन रु. १८ अर्ब ३३ करोड र कर्जा लगानी रु. १६ अर्ब ५१ करोड पु¥याएको छ । साथै, बैंकको निष्कृय कर्जा ०.४ प्रतिशत रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?