+
+
Shares

भारतबाट फर्कंदै गरेका युवक एयरगनसहित पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७४ भदौ १७ गते १०:३९

१७ भदौ, बाँके । भारतबाट नेपाल आउँदै गरेका एक युवक बाँकेको जमुनाहा नाकाबाट  एयर गनसहित पक्राउ परेका छन् । सुर्खेत भेरीगंगा नगरपालिका–९ जहरेका २९ वर्षीय लालसिंह राना शनिबार बिहान एयरगन र छर्रासहित पक्राउ परेका हुन् ।

सीमामा खटिएको सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले शंका लागेर चेकजाँच गर्दा उनको साथबाट एयर गन र छर्रा फेला परेको जनाएको छ ।

रोजगारीका लागि भारत पुगेका रानाले दशैं मान्न नेपाल फर्केको र चरा मार्नका लागि बन्दुक ल्याएको बयान प्रहरीलाई दिएका छन् ।

उनीमाथि अनुसन्धान भइरहेको इलाका कार्यालय जमुनाहाका इञ्चार्ज प्रहरी नायव निरीक्षक सुधिर खड्काले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?